विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाइन्छ।
यो दिवसका अवसरमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सरकारका विभिन्न निकाय तथा अन्य संघसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्।
बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको संख्या दिनप्रतिदिन बढेको छ। सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ।
सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरे उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन्। नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ। शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ।
विश्व उच्च रक्तचाप दिवस सन् २००५ देखि मनाउन थालिएको हो। थाहा खबर बाट सभार









Discussion about this post