Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गङ्गा दशहरा : लालझाडीमा पनि मेला लाग्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ जेठ । हरेक वर्ष ज्येष्ठ शुक्ल पक्षको दशमी तिथिमा मनाइने गङ्गा दशहरा पर्वका अवसरमा यस वर्ष कञ्चनपुरको लालझाडीमा पनि मेला लाग्ने भएको छ । लालझाडीमा रहेको अमर ज्योति युवा क्लबले जेठ १५ गतेदेखि गङ्गा दशहरा मेला सञ्चालन गर्ने जनाएको छ । आइतबार दोदा रिभर साइडमा पत्रकार सम्मेलन गर्दै यस वर्षदेखि दोदा नदीको उत्तर–पूर्वपट्टी लालझाडी गाउँपालिका वडा नम्बर २ स्थित राम जानकी वन बाटिकामा लालझाडी गाउँपालिकाको सहयोगमा गङ्गा दशहरा मेला सञ्चालन गर्ने आयोजकले जनाएको हो ।

अमर ज्योति युवा क्लबका अध्यक्ष मदन रानाले लालझाडीलाई धार्मिक पर्यटकीय रूपमा चिनाउनका लागि मेला सञ्चालन गर्न लागेको बताउनुभयो । लालझाडी गाउँपालिकाबाट मेला सञ्चालनका लागि अनुमति पाएसँगै अब यही जेठ १५ देखि १९ गतेसम्म मेला सञ्चालन गर्ने तयारीलाई तीव्रता दिइएको उहाँको भनाइ छ । मेलामा बाल उद्यान सहितका विभिन्न सांस्कृतिक कार्यक्रम र व्यापारिक स्टलहरूको व्यवस्था गरिएको मेला आयोजक मूल समितिका संयोजक विनोद रानाले बताउनु भयो ।

लालझाडीका स्थानीय युवा प्रकाश रानाले वर्षौँदेखि अव्यवस्थित रूपमा लाग्दै आएको गङ्गा दशहरा मेला यस वर्षदेखि व्यवस्थित ढङ्गले लालझाडी गाउँपालिकाकै २ नम्बर वडा क्षेत्रमा भव्य रूपमा मनाइने र मेलालाई थप व्यवस्थित गर्न होमस्टे सहितका कार्यक्रम पनि सञ्चालन गरिने बताउनु भयो । कार्यक्रममा बोल्दै लालझाडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता आशाराम रानाले वडा सहित पालिकाबाट आवश्यक सहयोग हुने जानकारी दिनुभयो ।

गङ्गा दशहराको समयमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ भकुण्डा स्थित कालेश्वर महादेव मन्दिरमा पूजाआजा गर्न र मेला भर्न कञ्चनपुर, कैलाली सहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट र छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् । उक्त क्षेत्रमा दशकौँदेखि मेला लाग्ने गरेको छ । लालझाडी र बेलौरी–पुनर्वासको बिच भागबाट बग्ने दोदा नदीमाथि पुल निर्माणाधीन अवस्थामा छ । उक्त पुल बन्न निक्कै ढिलाइ भएका कारण पनि नदी वार–पार गर्न असहज हुने गरेको छ । त्यसै कारण पनि नदी वारी–पारी दुवैतिर छुट्टाछुट्टै मेला सञ्चालन भइरहेको स्थानीयको बुझाइ छ ।

पौराणिक मान्यता अनुसार ज्येष्ठ शुक्ल दशमीका दिन गङ्गा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गङ्गा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ । यस दिनको दान तथा उपवासको विशेष महत्त्व छ । दश प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई गङ्गा दशहरा भनिएको हो । कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व