सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गङ्गा दशहरा : लालझाडीमा पनि मेला लाग्ने

Far weast coaching ad
73
Sana Kishan

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ जेठ । हरेक वर्ष ज्येष्ठ शुक्ल पक्षको दशमी तिथिमा मनाइने गङ्गा दशहरा पर्वका अवसरमा यस वर्ष कञ्चनपुरको लालझाडीमा पनि मेला लाग्ने भएको छ । लालझाडीमा रहेको अमर ज्योति युवा क्लबले जेठ १५ गतेदेखि गङ्गा दशहरा मेला सञ्चालन गर्ने जनाएको छ । आइतबार दोदा रिभर साइडमा पत्रकार सम्मेलन गर्दै यस वर्षदेखि दोदा नदीको उत्तर–पूर्वपट्टी लालझाडी गाउँपालिका वडा नम्बर २ स्थित राम जानकी वन बाटिकामा लालझाडी गाउँपालिकाको सहयोगमा गङ्गा दशहरा मेला सञ्चालन गर्ने आयोजकले जनाएको हो ।

अमर ज्योति युवा क्लबका अध्यक्ष मदन रानाले लालझाडीलाई धार्मिक पर्यटकीय रूपमा चिनाउनका लागि मेला सञ्चालन गर्न लागेको बताउनुभयो । लालझाडी गाउँपालिकाबाट मेला सञ्चालनका लागि अनुमति पाएसँगै अब यही जेठ १५ देखि १९ गतेसम्म मेला सञ्चालन गर्ने तयारीलाई तीव्रता दिइएको उहाँको भनाइ छ । मेलामा बाल उद्यान सहितका विभिन्न सांस्कृतिक कार्यक्रम र व्यापारिक स्टलहरूको व्यवस्था गरिएको मेला आयोजक मूल समितिका संयोजक विनोद रानाले बताउनु भयो ।

Arus
Karnali Traders

लालझाडीका स्थानीय युवा प्रकाश रानाले वर्षौँदेखि अव्यवस्थित रूपमा लाग्दै आएको गङ्गा दशहरा मेला यस वर्षदेखि व्यवस्थित ढङ्गले लालझाडी गाउँपालिकाकै २ नम्बर वडा क्षेत्रमा भव्य रूपमा मनाइने र मेलालाई थप व्यवस्थित गर्न होमस्टे सहितका कार्यक्रम पनि सञ्चालन गरिने बताउनु भयो । कार्यक्रममा बोल्दै लालझाडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता आशाराम रानाले वडा सहित पालिकाबाट आवश्यक सहयोग हुने जानकारी दिनुभयो ।

गङ्गा दशहराको समयमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ भकुण्डा स्थित कालेश्वर महादेव मन्दिरमा पूजाआजा गर्न र मेला भर्न कञ्चनपुर, कैलाली सहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट र छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् । उक्त क्षेत्रमा दशकौँदेखि मेला लाग्ने गरेको छ । लालझाडी र बेलौरी–पुनर्वासको बिच भागबाट बग्ने दोदा नदीमाथि पुल निर्माणाधीन अवस्थामा छ । उक्त पुल बन्न निक्कै ढिलाइ भएका कारण पनि नदी वार–पार गर्न असहज हुने गरेको छ । त्यसै कारण पनि नदी वारी–पारी दुवैतिर छुट्टाछुट्टै मेला सञ्चालन भइरहेको स्थानीयको बुझाइ छ ।

पौराणिक मान्यता अनुसार ज्येष्ठ शुक्ल दशमीका दिन गङ्गा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गङ्गा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ । यस दिनको दान तथा उपवासको विशेष महत्त्व छ । दश प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई गङ्गा दशहरा भनिएको हो । कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.