Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दैनिक कति पानी पिउने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २८, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पानीबिना जीवनको कल्पना पनि हुँदैन । मानव शरीरको ७० प्रतिशत भाग पानीले ओगटेको हुने वैज्ञानिकहरु बताउँछन् ।

पानी पिउनु स्वास्थ्यका लागि अतिआवश्यक हुन्छ । पानीले शरीरलाई हाइड्रेट राख्छ र फोहोरलाई बाहिर निकाल्न मद्दत गर्छ । तर दैनिक कति पानी पिउने ? यो प्रश्नको जवाफ भने एउटै आउँदैन । पानी कुन बेला पिउने भन्नेमा एउटै धारणा हुँदैन ।

पानी कति पिउनुपर्छ र कुन–कुन बेला पिउनुपर्छ ? भन्ने विषयमा केन्द्रित रहेर प्राकृतिक चिकित्सक डा. जनकबहादुर बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश :

शरीरको लागि पानी कति महत्त्वपूर्ण छ ?

पानीले शरीरमा तापमान नियमित गर्नेदेखि जोर्नीहरूको नरमपन कायम राख्नेसम्म काम गर्छ । साथै, शरीरभित्र हुने रासायनिक प्रतिक्रिया पानीबिना हुँदैन । पसिना र पिसाबको माध्यमबाट हाम्रो शरीरबाट पानी निस्किरहेको हुन्छ । त्यसैले शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कायम गरिराख्नुपर्छ । जसले शरीरमा विभिन्न रोगको आक्रमणबाट जोगाउन सक्छ ।

पानी कति पिउनुपर्छ ?

दैनिक कति पानी पिउने भन्ने कुरा मौसम र व्यक्तिको कामले फरक पर्छ । जाडोमा कम र गर्मीमा बढी पानी पिउने गरिन्छ । साथै कोठामा काम गर्ने र बाहिर घाममा काम गर्ने व्यक्तिले पनि पिउने पानीको मात्रा फरक हुन्छ ।

सामान्यतया २४ घण्टामा तीनदेखि पाँच लिटर पानी पिउनुपर्छ । कति पिउनेभन्दा पनि दैनिक कति पिसाब बन्नुपर्छ भन्ने कुरा अझै महत्त्वपूर्ण हो । २४ घण्टामा दुई लिटर पिसाब आउनुपर्छ ।

पानी पिउने पनि खास खास समय होला नि ?

बिहान खाली पेटमा एक लिटर पानी पिउनुपर्छ । यसले रातभरि शरीरमा भएको पानीको कमीलाई पूर्ति गर्छ । त्यसको बिहान पानी पिउँदा मलमूत्र निष्कासनमा पनि सहज हुन्छ ।

खाना खाने बित्तिकै पानी पिउनु हुँदैन । खाना खानुभन्दा आधा घण्टाअघि र खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनुपर्छ ।

एकै पटक धेरै पानी पिउनु हुँदैन, थोरै–थोरै गरेर पिउनु राम्रो हुन्छ । दुई–दुई घण्टाको अन्तरालमा एक गिलास पानी पिउनुपर्छ । यदि त्यस्तो मिल्दैन भने बिहान खाली पेटमा र बेलुका कार्यालय वा कामबाट फर्किएपछि एक लिटर पानी पिउनुपर्छ ।

कस्तो पानी पिउने ?

शरीरको तापक्रमअनुसार मनतातो पानी पिउनु राम्रो हो । जाडो मौसममा बिहानको समयमा अलिअलि तातो पानी पिउनु राम्रो हो भने गर्मीमा ‘रुम टेम्प्रेचर’ अनुसारको पानी पिउनुपर्छ ।

सकेसम्म धेरै चिसो र धेरै तातो पानी पिउनु हुँदैन । धेरै चिसो पानी पिउँदा चिसो लाग्ने, टन्सिल हुने लगायत समस्या हुन्छ । धेरै तातो पानी पिउँदा त्यो पानीलाई शरीरको तापक्रमसँग मिलाउन शरीरलाई धेरै ऊर्जा खर्च गर्नुपर्छ । त्यसैले रुम टेम्प्रेचर अनुसारको पानी पिउनु बढी उपयोगी हुन्छ ।

शरीरमा पानीको कमी हुँदा देखापर्ने समस्या के हुन् ?

शरीरमा पानीको कमी हुँदा तत्कालीन र दीर्घकालीन रूपमा विभिन्न समस्या देखा पर्न सक्छन् । डिहाइड्रेसन, टाउको दुखाइ, कब्जियत, युरिक एसिड, ग्यास्ट्रिक, पिसाबको इन्फेक्सन, पाचन प्रक्रियामा असन्तुलन लगायत समस्या पानीको कमीले देखिन्छन् ।

दीर्घकालीन रूपमा मिर्गौलाको पत्थरी, युरिक एसिड, मुटुको रोग, छालाको चाउरीपन, शरीरको रोग प्रतिरोधात्मक समस्या कम हुने लगायत समस्या पनि देखिन्छ । यी सबै स्वास्थ्य समस्याको जोखिम कम गर्न दैनिक सन्तुलित रूपमा पानी पिउनुपर्छ ।अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व