Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

किन दुख्छ कुर्कुच्चा ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २५, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हिंड्दा कुर्कुच्चा दुख्नु सामान्य नै हो तर यो दुखाइ निरन्तर हुँदा भने समस्या हुन्छ । कुर्कुच्चा दुख्नुका धेरै कारण हुन सक्छन् । त्यसमध्ये पनि हिंड्ने जमिन र जुत्ता–चप्पलको असर धेरै हुन्छ । कुर्कुच्चाको प्लान्टर फेरियामा समस्या देखिएमा कुर्कुच्चा दुख्ने गर्छ ।

के हो प्लान्टर फेरिया ?

कुर्कुच्चाको माथिल्लो भागमा मोटो छाला हुन्छ, त्यसभित्र बोसो हुन्छ अनि त्यसभित्र मासु र हड्डी हुन्छ । हड्डीभित्र एउटा मोटो झिल्ली हुन्छ, जसलाई प्लान्टर फेरिया भनिन्छ । प्लान्टर फेरिया खुट्टाको तल अर्थात् कुर्कुच्चामा बाक्लो तन्तु भएको खण्ड हो, जसले कुर्कुच्चाको हड्डीलाई खुट्टाको औंलासँग जोड्छ र खुट्टाको चाप (आर्क) बनाउँछ । यसले हाम्रो शरीरको तौललाई सहन मद्दत गर्छ ।

किन दुख्छ ?

खासगरी प्लान्टर फेरिया सुन्निएमा वा च्यातिएमा कुर्कुच्चा दुख्ने समस्या हुन्छ । त्यस्तै नांगो खुट्टा हिंड्दा, जुत्ताको सोल कडा हुँदा, दिनहुँ लामो समयसम्म बुट वा हिल लगाएर उभिरहँदा, मोटोपन (अचानक शरीरको तौल बढ्दा), खुट्टामा दबाब बढी हुँदा, लामो दूरीसम्म ओरालो झर्दा र खुट्टाको आकारप्रकारसँग मिल्दो जुत्ता नलगाउँदा कुर्कुच्चा दुख्न सक्छ । त्यस्तै हाई हिल लगाउने व्यक्तिले एक्कासि हिल नभएको जुत्ता लगाउन थाल्दा पनि समस्या हुन सक्छ ।

४० देखि ६० वर्षसम्मको उमेरमा प्लान्टर फेरिया झिल्ली पातलो हुँदै जाने भएकाले यो उमेर समूहमा कुर्कुच्चा दुख्ने जोखिम बढी हुन्छ । त्यस्तै मोटो खुट्टा र खाली खुट्टा हिंड्नेहरुमा कुर्कुच्चा दुख्ने समस्या बढी देखिन सक्छ ।

थाइराइडको कारणले पनि कुर्कुच्चा दुख्न सक्छ । टार्सन टनेल अर्थात् पैतालामा जाने नसाको बाटो साँघुरो हुँदा पनि प्लान्टर फेसियाइटिससँग मिल्दोजुल्दो लक्षण देखिन्छ । यस्तो बेला पैताला झमझाउने र दुख्ने हुन्छ । यति मात्र नभई तनाव हुनु, हड्डी भाँच्चिनु, तन्त्रिकामा चोट लाग्नु जस्ता कारणबाट पनि यो समस्या निम्तिन सक्छ ।

लक्षण

बिहान उठेर केही पाइला हिंड्दैमा कुर्कुच्चामा तीव्र दुखाइको अनुभूति भए यो प्लान्टर फेसियाइटिसको लक्षण हुन सक्छ । तीव्र दुखाइले गर्दा खुट्टा भुइँमा राख्न समेत समस्या हुन्छ । कुर्कुच्चाको तल्लो खण्डमा दुख्नु, खुट्टा पोल्नु, सुन्निनु वा रातो हुनु, पैतालामा कडापन हुनु, पैतालाको पीडा कुर्कुच्चाभन्दा बाहिर निस्किरहेको जस्तो अनुभव हुनु यसका लक्षण हुन् ।

कसरी नियन्त्रण गर्ने ?

कुर्कुच्चा दुख्ने समस्या आउन नदिन सकभर खालीखुट्टा नहिंड्ने, जुत्ता किन्दा सोल अलि नरम र बाक्लो लचकदार भएको हेर्ने, मोटोपन भएमा नियन्त्रण गर्ने गर्नुपर्छ ।

पुरानो जुत्ता नलगाउने : कुर्कुच्चा दुखाइबाट बच्न धेरै पुरानो जुत्ता लगाउनु हुँदैन । किनकि हेर्दा नयाँजस्तै देखिएपनि सोल कडा भइसक्ने भएकाले सकभर धेरै वर्ष पुरानो जुत्ता लगाउनु हुँदैन ।

बरफले सेक्ने : कुर्कुच्चा दुखेको बेला तातो पानीले पैताला सेक्नु हुन्न, बरफले सेक्नुपर्छ । तातोले झन् बढी सुन्निन्छ । दैनिक हिंड्ने, दौडिने, उभिने (खेलकुद वा ट्राफिक) काम गर्नेहरुले बेलुका बरफले खुट्टामा गोलो गोलो गरी १० मिनेट मसाज गरे राम्रो हुन्छ । तर मधुमेह भएकाले बढी बरफको प्रयोग गर्नुहुँदैन ।

स्ट्रेचिङ व्यायाम ः व्यायाम गर्दा खुट्टा तन्काएर वा स्टे«चिङ गरेर मात्र सुरु गर्ने र व्यायाम गरिसकेपछि पनि खुट्टाका पैतालाहरु तन्काउने गर्नुपर्छ । कुर्कुच्चा दुख्ने समस्याबाट पीडितहरूका लागि पैताला तन्काउने (स्ट्रेचिङ) व्यायाम फाइदाजनक हुन्छ । तर यो व्यायाम विशेषज्ञको सल्लाह लिएर मात्रै गर्नुपर्छ । प्रारम्भिक सुन्निने कम नहुन्जेल खुट्टामा पर्ने दबाबलाई यो व्यायामले रोक्न सघाउँछ ।

तेल मालिस राम्रो ः सुत्ने बेला पैतालामा गरिने तेल मालिसले यो समस्याबाट उन्मुक्ति दिन्छ । हातले हल्का पैताला मिच्दै मालिस गर्दा कुर्कुच्चा दुख्ने समस्यामा राहत पुग्छ ।

उपचार

साधारण चेकजाँच गरेर थाहा पाउन सकिन्छ । हड्डीको समस्या छ कि भनेर हेर्न एक्सरे, भिडियो एक्सरे गर्न सकिन्छ ।

कुर्कुच्चा दुखाइको समयमा उपचार गरेमा निको हुन्छ यो दीर्घरोग होइन । यसका लागि सबैभन्दा पहिले त लगाउने जुत्ता–चप्पलमा विशेष ख्याल गर्नुपर्छ । नयाँ जुत्ता नै लगाउनुपर्छ भन्ने होइन, पुरानो जुत्ता लगाउँदा पनि रबर र सिलिकनको सोल राख्न सकिन्छ ।

दुखाइको उपचारका लागि फिजिरोथेरापिस्टको निगरानीमा थेरापी गर्नुपर्ने हुन्छ । कुर्कुच्चा दुखाइकै लागि भनेर विशेष औषधि त हुँदैन । तर सुन्निने, दुखाइ कम गर्ने ब्रुफिन, फ्लेक्जन, निम्सजस्ता औषधि प्रयोग गर्न सकिन्छ । यी औषधिले पनि दुखाइ कम नभएमा भने सुई लगाउनुपर्ने हुन्छ ।

पीआरपी (प्लेटलेट रिच प्लाज्मा) विधिबाट पनि दुखाइ कम गर्न सकिन्छ । पीआरपी बिरामीको आफ्नै रगतबाट औषधि बनाउने एउटा विधि हो । यी सबै उपाय अपनाउँदा पनि निको नभएमा भने शल्यक्रिया समेत गर्नुपर्ने हुन सक्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व