Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘१० कारणले मुख गन्हाउँछ’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २९, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सास गन्हाउने समस्या किन हुन्छ ? यसको एउटा मात्र जवाफ छैन । मुखको दुर्गन्धको कारण दाँत तथा मुख मात्र हुँदैन, शरीरको अन्य समस्याको कारण पनि मुखबाट दुर्गन्ध आउने हुन्छ ।

१. यसको मुख्य कारण दाँतको बीचमा हुने ‘ब्याक्टेरिया’ कीटाणु हो । यदि सास गन्हाउने समस्यालाई समयमै ध्यान दिएन भने यो बढ्न सक्छ ।

२. दाँतको बीचमा जम्मा भएर बसेको फोहोर, जिब्रोको सरसफाइ राम्ररी नगर्दा र गिजाको समस्या आदि मुखको दुर्गन्धको कारण हो ।

३. मुखबाहेकको कारणमा साइनसको समस्याले पनि सास गन्हाउन सक्छ ।

४. फोक्सोको संक्रमण भएमा पनि मुखबाट गन्ध आउने गर्छ ।

५. कलेजोको संक्रमण भएको खण्डमा यसले राम्ररी काम नगर्दा अपचको समस्या उत्पन्न हुने गर्छ । जसकारण मुख तथा सासबाट गन्ध आउने हुन्छ ।

६. ग्यास्ट्रिक तथा पेटको समस्याले पनि मुखबाट दुर्गन्ध आउन सक्छ ।

८. मधुमेहका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्न थाल्छ । जसकारण मुख गन्हाउन थाल्छ ।

९. मिर्गौलाको समस्याले शरीरमा मेटाबोलिक परिवर्तन देखापर्छ । जसले गर्दा शरीरमा मुख सुख्खा हुने समस्या आउने गर्छ, जसकारण मुखबाट गन्ध आउने गर्छ ।

१०. लामो समयसम्म चुरोट र खैनीको सेवन गर्ने मानिसहरूमा मुखको क्यान्सर हुने सम्भावना अधिक रहन्छ । यस्तोमा उनीहरूको मुखबाट नराम्रो गन्ध आउने गर्छ ।

मुखबाट निस्किने गन्ध पनि फरक–फरक हुन्छ ?

मुखबाट निस्किने दुर्गन्ध पनि दुई प्रकारको हुन्छ, आफूलाई महसुस हुने र अरूलाई महसुस हुने । कसैमा माछा गन्हाएको जस्तो दुर्गन्ध आउँछ भने कसैमा एसिडिक दुर्गन्ध महसुस हुन्छ ।

मुख र दाँत सफा हुँदा पनि कतिपयको मुखमा गन्ध आउने समस्या हुन्छ । त्यो गन्ध अन्य स्वास्थ्य समस्या जस्तै साइनसको समस्या, मिर्गौलाको समस्या, पेटको समस्या र मधुमेहको समस्याका कारण पनि आएको हुन सक्छ ।

दाँत तथा गिजामा कस्तो समस्या हुँदा गन्ध आउँछ ?

सही तरीकाले दाँत नमाझेको खण्डमा दाँतमा ब्याक्टेरिया जम्मा हुन थाल्छ । जसकारण मुखमा संक्रमण भई मुखबाट गन्ध आउने गर्छ । गिजाको समस्याका कारण पेरिओडोन्टिक नामक रोग लाग्ने गर्छ । जुन मुख गन्हाउने समस्याको कारण बन्न सक्छ ।

यस्तो गन्धलाई कसरी रोक्ने ?

मुखबाट दुर्गन्ध आउने धेरैजसो मुखकै समस्याका कारण भएकाले यसलाई रोक्न बिहान र बेलुका दिनमा दुई पटक नछुटाई राम्रोसँग दाँत माझ्ने । दाँतको बीचमा भएका खाली ठाउँमा विभिन्न खानेकुरा अड्किन्छ । ती कुरा त्यहाँ नकुहियोस् र दुर्गन्ध नबढोस् भनेर राम्रोसँग ब्रस गर्नुपर्छ ।

जिब्रोलाई जिब्री वा ब्रसले दिनहुँ सफा गर्दा मुख गन्हाउने समस्या कम हुन्छ । दाँतमा अड्किएको खाना ब्रस गर्दा मात्र ननिस्कन सक्छ, त्यसैले दाँतलाई फ्लस पनि गर्नुपर्छ । हरेक पटक खाना खाएपछि मुख राम्ररी कुल्ला गर्नुपर्छ ।

मुखको सरसफाइमा ध्यान दिंदा पनि मुखबाट दुर्गन्ध आइरहन्छ भने अन्य कारण पत्ता लगाएर उपचार गर्नुपर्छ ।

कसैमा मुखको दुर्गन्ध अत्यधिक छ भने त्यो दुर्गन्ध कम गर्न माउथ फ्रेसर, माउथ वास प्रयोग गर्न सकिन्छ । तर यो समस्याको समाधान भने होइन । दाँतलाई राम्ररी सफा गरिसकेपछि मात्र माउथ वासको प्रयोग गर्ने हो । मुखको दुर्गन्ध विभिन्न कारण हुने हुँदा कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । उपचार गरिएन माउथ फ्रेसरले कुल्ला मात्र गरियो भने समस्या समाधान हुँदैन समस्या दोहोरिन सक्छ तथा बढ्न पनि सक्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व