Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मोहीले स्वास्थ्यमा के फाइदा गर्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २७, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

दही, मोही मन नपराउने सायदै नेपाली होलान् । अझ गर्मी मौसममा चिसो मोही पिउनुको मज्जा नै बेग्लै हुन्छ । मोही पिइरहने बानी भएपनि यसमा पाइने पोषक तत्वका विषयमा भने धेरैको चासो नहुन सक्छ ।

मोही दहीबाट बनाइन्छ र यसमा शरीरलाई फाइदा पु¥याउने धेरै तत्व हुन्छन् । दहीबाट मोही बनाउँदा एक प्रकारको ब्याक्टेरिया पैदा हुन्छ, जसले पाचन प्रक्रियालाई चुस्त राख्न सहयोग गर्छ ।

मोहीले शरीरमा रगतको कमी, पानीको कमी तथा कमजोरी हुनबाट जोगाउँछ । भोक नजाग्ने व्यक्तिले मोही खाएमा फाइदा पुग्छ ।

मोही बनाउने तरिका

मोही दुई तरिकाबाट बनाइन्छ । गाउँघरमा ठेकीमा दही मथेर परम्परागत तरिकाले बनाइन्छ । सहरी क्षेत्रमा भने कुनै प्लास्टिककको भाँडा वा माटोको भाँडामा पानी हालेर घोलेर तयार पारिन्छ ।

मोहीमा पाइने पोषक तत्व

मोहीले खासगरी पाचन यन्त्रलाई राम्रो बनाउँछ । यसमा क्याल्सियम, माइक्रो प्रोटिन (सूक्ष्म पोषण तत्व) र प्रोबायोटिक पाइन्छ ।

प्रोबायोटिक भनेको सूक्ष्म जीवाणु हो, जसले हाम्रो शरीरभित्र भएको सूक्ष्म जीवाणुले राम्ररी काम गर्न नसकेको अवस्थामा बाहिरी खाद्यपदार्थमार्फत शरीरमा गएर त्यो सूक्ष्म जीवाणुलाई राम्ररी काम गर्न सहयोग गर्छ । यसले पाचन प्रणालीलाई सक्रिय बनाउँछ ।

मोहीमा क्याल्सियम अधिक मात्रामा पाइने भएका कारण हड्डीहरुको विकासमा सहायता गर्छ । साथै यसमा माइक्रो प्रोटिन (सूक्ष्म पोषण तत्व)ले शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ । मोही बेलुकाभन्दा पनि बिहान र दिउँसो खाँदा प्रभावकारी मानिन्छ ।

मोहीले स्वास्थ्यमा के फाइदा गर्छ ?

खाना खाइसकेपछि मोही पिउँदा पेटलाई शीतल गराउँछ । निद्रा नलाग्ने समस्याबाट पनि यसले मुक्ति दिन्छ । त्यस्तै मोहीको नियमित सेवन गर्दा आन्द्रा र पेटसम्बन्धी रोगको जोखिम न्यून गराउँछ ।

मोहीको सेवनले झाडापखाला, कब्जियत र पायल्सको समस्या स्वतः समाधान हुन्छ । मोहीले मुटुको रोग, उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ । यस्तै कोलेस्टेरोल र मुटुसम्बन्धी समस्यामा पनि मोही फाइदाजनक हुन्छ ।

मोही कति दिनसम्म राखेर खान सकिन्छ ?

सामान्यतया गाउँघरमा बनाएको मोही २–३ दिनसम्मका स्वास्थ्यवद्र्धक हुन्छ । त्यसपछि अमिलो हुने सम्भावना हुन्छ । यद्यपि फ्रिजमा राखिएको मोही भने एक महिनासम्म पनि प्रयोग गर्न सकिन्छ ।

कस्तो अवस्थामा मोही खान हुँदैन ?

आमाशय कमजोर भएमा, आन्द्राको समस्या, घुँडा वा जोर्नीको समस्या, चिसो लागेको बेला, शरीरको कुनै भाग सुन्निने समस्या भएमा मोही सेवन गर्नुहुँदैन । यसले दुखाइ बढाउने वा सुन्निएका भाग झन् बढाउन सक्छ । साथै कसैकसैलाई एलर्जी पनि हुने गर्छ, त्यस्ता व्यक्तिले नखाँदा उपयुक्त हुन्छ । यसले चिसो लाग्छ भन्ने हुँदैन बरु रुघाखोकी लागेको छ भने कम खानु भन्ने सुझाव दिइन्छ । मोही बेलुका खानु स्वास्थ्यको लागि राम्रो हुँदैन । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व