यो सत्य हो संघर्षको बिरुवा फलेको छैन
तर बाकी मेरो मनको धरहरा ढलेको छैन
नठान यसरी सारा सखाप भयो डढेलोले
आगो लागेको हो तर जीवन जलेको छैन
केही हलचल छैन जागर छैन मुर्दा जस्तो
कसरी भन्न सक्छौ र धड्कन चलेको छैन
मेरो हाल देखेर हाँस्नेहरूलाई सुनाइ दिनु
खुसी धेरै नमनाउनुस म अझै गलेको छैन
सचेत छु बचाउने प्रयत्न कायम छ अझै
थाहा छ मेरो वरिपरि खतरा टलेको छैन









Discussion about this post