Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तनावले पनि हुन सक्छ पेटमा समस्या

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ११, २०७९
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्य राम्रो हुन शारीरिकसँगै मानसिक पक्ष पनि ठीक हुनुपर्छ । त्यसैले चिकित्सकहरु बिरामीलाई औषधिका साथै तनावमुक्त रहन सुझाउँछन् । तनावले शरीरका अधिकांश अंगमा प्रत्यक्ष–अप्रत्यक्ष असर पारिरहेको हुन्छ । त्यसमध्ये एक पेट पनि हो ।

पेटको दुखाइलगायत अन्य समस्यामा तनाव पनि उत्तिकै जिम्मेवार हुने मनोचिकित्सक डा. सुमनप्रसाद अधिकारी बताउँछन् ।

‘मस्तिष्कले खाना खाएपछि पाचनप्रणालीलाई सक्रिय बनाउन भूमिका खेल्छ । जसकारण तनाव हुँदा पेटमा असर गरिरहेको हुन्छ,’ उनी भन्छन्, ‘कहिले पेटमा समस्या हुँदा तनाव हुन्छ भने कहिले तनावकै कारण पेटमा समस्या हुनसक्छ ।’

पेट र मस्तिष्कको सम्बन्ध

डा. अधिकारीका अनुसार पेट र मस्तिष्कलाई इन्डोक्राइन मार्ग, न्युरो र प्रतिरक्षा मार्गको मद्दतले जोड्ने गर्छ । ‘न्युरोन्सयुक्त एन्टेरिक नर्भ सिस्टमको सहाराले हाम्रो शरीरको क्रियामा ठूलो भूमिका खेल्छ, जसको मद्दतले पेट र मस्तिष्कको बीचमा सबै सञ्चार हुन्छ र पेटसँग सम्बन्धित समस्या हुँदा यसको सिधा सन्देश मस्तिष्कमा जान्छ,’ डा. अधिकारी भन्छन् ।

कसैलाई पेटसम्बन्धी समस्या भएमा उसको मानसिक स्वास्थ्यमा पनि असर गर्छ र मानसिक स्वास्थ्यमा पनि असर पर्छ । मानसिक स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या भएमा त्यसको असर पेटमा पनि देखिने डा. अधिकारी बताउँछन् ।

पाचनप्रणालीमा गडबड

तनावका कारण पेटमा एसिड पैदा हुन्छ । जसकारण पेट दुख्ने, बान्ता हुने, झाडापखाला हुने सम्भावना हुन्छ । यदि कुनै व्यक्तिलाई लामो समयदेखि पेटसम्बन्धी समस्या छ भने यसले उसको मानसिक स्वास्थ्यमा असर गर्छ । पाचनप्रणालीमा समस्या भएका व्यक्तिलाई डिप्रेसन, एन्जाइटी र डिप्रेसन जस्ता मानसिक समस्याको सामना गर्नुपर्ने डा. अधिकारी बताउँछन् ।

‘पेट दुख्ने, बान्ता आउने, डायरिया हुने जस्ता लक्षण लिएर ग्यास्ट्रोलोजिस्टका पुगेका बिरामीको पेटको सबै परीक्षण गराइसके पनि कुनै निश्चित रोग पत्ता नलागेका केस पनि आउने गर्छन्,’ उनी भन्छन्, ‘यस्ता धेरै केस मानसिक रोगको पनि हुन सक्छ ।’

सोमाटोफर्म डिसअर्डर

पेट दुख्ने, ग्यास्ट्रिक हुने बिरामीलाई सोनोग्राफी, इन्डोस्कोपी, कोलोनोस्कोपी जस्ता सबै परीक्षण गरिसकेपछि रोग पत्ता नलागे सोमाटोफर्म डिसअर्डर जस्तो मानसिक रोग पनि हुन सक्छ । यो रोगमा शारीरिक लक्षणको रुपमा पाचन सम्बन्धी समस्या देखिन सक्ने उनी बताउँछन् ।

इरिटेबल बोवेल सिन्ड्रोम

तनाव र एन्जाइटीका कारण इरिटेबल बोवेल सिन्ड्रोमको समस्या सामान्यतया युवामा पाइन्छ । पेटमा हल्का दुख्ने, कब्जियत हुने, बारम्बार पखाला लाग्ने, राम्ररी निद्रा नपर्ने, थकान र टाउको दुख्ने समस्या भएमा यसलाई इरिटेबल बोवेल सिन्ड्रोमको लक्षण भन्न सकिन्छ । कतिपय मानिसमा यो समस्या जीवनभर रहन्छ । समयमा नै उपचार भएमा निको पनि हुन सक्छ ।

कसरी बच्ने ?

पेट र मस्तिष्कबीचको सम्बन्धको कारण यी दुईसँग सम्बन्धित समस्याले एकअर्कामा प्रत्यक्ष प्रभाव पार्छ । यी समस्याबाट बच्न आहारमा सुधार गर्न फाइबरयुक्त र प्रोबायोटिक खानेकुरा सेवन गर्नु फाइदाजनक हुन्छ ।

त्यस्तै, व्यायामले पाचनप्रणाली र पेटका लागि लाभदायक छ । यी समस्या बाहेक नियमित व्यायाम गरेर शरीरका अन्य धेरै समस्या पनि हटाउन सकिन्छ । तनावलाई व्यवस्थापन गर्न एउटै समयमा उठ्ने, सकारात्मक व्यक्तिको संगत गर्ने, मनको कुरा साथी र परिवारसँग सेयर गर्ने, सही समयमा आफ्नो काम सकाउने र सही समयमा सुत्ने बानी दैनिकीमा समावेश गर्नुपर्ने डा. अधिकारीको सुझाव छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व