Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

८ कारण, मांसपेशी च्यातिने समस्या यसरी हुन्छ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ७, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सामान्य कारणले मांसपेशी च्यातिन (मसल्स टियर) सक्छ । तर यसकै कारण ठूलो सास्ती खेप्नुपर्ने हुन्छ । उठ्दा, बस्दा, काम गर्दा, खेल्दा, उफ्रिंदा अनायासै मांसपेशी च्यातिन सक्छ । यसले मान्छेलाई नराम्ररी थला पार्छ । पूर्णतया निको हुन लामै समय लाग्न सक्छ ।

किन र कसरी हुन्छ ?

हाम्रो शरीरमा ४५ प्रतिशत भाग मासु अर्थात् मांसपेशीले ओगटेको हुन्छ । यो एकदमै नरम कोष हो, जो पत्रपत्रमा रहेको हुन्छ । यसमा एकअर्कालाई जोड्ने रेसाहरु हुन्छन्, जो तन्किने, खुम्चिने क्षमताका हुन्छन् । तर कहिलेकाहीं यस्ता शारीरिक गतिविधि गर्न पुग्छौं, जसले उक्त मांसपेशी नै च्यातिन सक्छ ।

शरीरको आसन नमिलेर कुनै एउटा भागमा दबाब पुगेर मांसपेशी च्यातिन सक्छ । यसलाई बुँदागत रुपमा पनि यसरी भन्न सकिन्छ ।

 

१. गह्रौं भारी उचाल्दा

२. वार्मअप बिना नै कडा व्यायाम गर्दा

३. बसाइको आसन नमिल्दा

४. दौडिंदा वा उफ्रिंदा

५. मोटोपन नियन्त्रण नहुँदा

६. खानपान नमिल्दा र पर्याप्त निद्रा नलिंदा

७. दुर्घटनाको कारण

८. गर्भावस्थामा हार्मोनको गडबडी

गह्रौं भारी उठाउँदा, उफ्रिंदा, धेरै तन्किंदा, व्यायाम गर्दा, दौडिंदा, खेल्दा हाम्रो शरीरको आसन जब मिल्दैन, तब मांसपेशी च्यातिन सक्छ । मोटोपनको कारण शारीरिक भार बढी हुन्छ, जसले मांसपेशी च्यातिने जोखिम बढी हुन्छ । यसैगरी सही खानपान र पर्याप्त निद्रा नलिएको व्यक्तिको पनि मांसपेशी कमजोर भएर च्यातिन सक्छ ।

कुन भागको मांसपेशी च्यातिन्छ ?

खासगरी पिंडुलाको मांसपेशी च्यातिने जोखिम बढी हुन्छ । यसैगरी हात र ढाडको मांसपेशी पनि च्यातिन सक्छ ।

जिम गर्ने, खेल खेल्ने, उफ्रिने व्यक्तिको खुट्टाको पिंडुलामा यस्तो समस्या हुन सक्छ । यसैगरी गह्रौं भारी उठाउने, सामान उचाल्ने, कुर्सीमा बस्दा आसन नमिल्ने कारण ढाडको मांसपेशी च्यातिन सक्छ । यसैगरी पाखुराको मासु च्यातिन सक्छ ।

मांसपेशी च्यातिएको कसरी थाहा हुन्छ ?

चिकित्सकले मांसपेशी च्यातिनुलाई तीन भागमा वर्गीकरण गरेको छ, सामान्य, मध्यम र कडा खालको ।

सामान्य ः यसमा मांसपेशी हल्का दुखेको मात्र हुन्छ र मांसपेशीले काम गरिरहेको हुन्छ ।

मध्यम ः यसमा मांसपेशी दुख्ने, सुन्निने र कहिलेकाहीं रगत जमेको जस्तो रातो हुन्छ । र, मांसपेशीले भने जस्तो काम गरेको हुँदैन ।

कडा ः यसमा एकदम सुन्निने, दुख्ने रातो हुनुको साथसाथै मांसपेशीले काम गर्न छाड्छ । यसमा मांसपेशी च्यातिएको भाग गहिरो देखिन्छ । यसबाहेक भिडियो एक्स–रे र एमआरआई गरेर पनि मांसपेशी च्यातिएको स्पष्टसँग थाहा पाउन सकिन्छ ।

शल्यक्रिया गर्नुपर्छ कि औषधिले निको हुन्छ ?

सामान्य र मध्यममा औषधि खाएर निको हुन्छ भने कडा मांसपेशी च्यातिएको छ भने शल्यक्रिया नै गर्नुपर्छ । सामान्य वा मध्यम हो भने मांसपेशीलाई आराम गराएर, कपडामा आइस बेरेर सेक्ने, इलास्टिक ब्यान्डेजले बाँध्ने, नदुख्ने औषधि २–३ दिन सेवन गरेपछि सुधार हुन थाल्छ । मासु च्यातिएको सामान्य भए कम्तीमा तीन हप्तामा निको हुन्छ भने मध्यम भए तीन महिनासम्ममा निको हुन्छ ।

त्यस्तै कडामा भने मासु धेरै च्यातिएको हुन्छ र औषधिले निको बनाउँदैन । यसलाई शल्यक्रियाबाट मात्र निको पार्न सकिन्छ ।

शल्यक्रिया गर्न कति खर्च ?

शल्यक्रियाका लागि यति नै पर्छ भन्न सकिंदैन । यसमा पनि कुन भागको मांसपेशी च्यातिएको हो, कति च्यातिएको, कहिले च्यातिएको हो भन्ने कुरामा भर पर्छ । सामान्यतया सरकारी अस्पतालमा १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म खर्च लाग्न सक्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व