Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

टाउको दुखाइ माइग्रेन हो कि होइन ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

टाउको दुखेपछि धेरैले अनुमान लगाउँछन्, ‘मलाई त माइग्रेन भएजस्तो छ ।’ टाउको दुख्नु आम समस्या हो । कहिले तनावले टाउको दुख्छ, कहिले अनिद्राले । भोक, होहल्ला, चर्को घाम, मदिरापानजस्ता कुराले पनि टाउको दुख्न सक्छ ।

कतिपय अवस्थामा यसैपनि टाउको भारी हुन्छ । केही समय दुख्छ, फेरि आफैं ठीक हुन्छ । के टाउको दुख्नु भनेको माइग्रेन नै हो त ? माइग्रेन हुँदा र नहुँदा टाउको दुख्ने अवस्थामा कति फरक हुन्छ ? यससँगै अर्को प्रश्न पनि जोडिन्छ । माइग्रेन चाहिं के हो ? यसले के समस्या ल्याउँछ ? यसको उपचार कसरी हुन्छ ?

टाउको विभिन्न कारणले दुख्छ । टाउको दुख्ने समस्या भएकामध्ये पाँच प्रतिशतलाई मात्र माइग्रेन हुन सक्छ । खासमा टाउको दुख्नुको ९० प्रतिशत कारण ‘टेन्सन टाइप हेड्याक’ हो । टेन्सन भनेपछि हामीले चिन्ता भनेर बुझ्छौं । तर यसले चिन्ता मात्र भन्ने बुझाउँदैन । यस्तो किसिमको दुखाइ विभिन्न कारणले हुन सक्छ । अर्थात् बेलाबखत टाउको दुख्नु माइग्रेन होइन ।

यदि टाउकोको पूरै भाग दुखेको छ भने त्यो सामान्य दुखाइ हो । यस्तो दुखाइ दुई, चार घण्टा वा बढीमा एक दिनसम्म दुख्न सक्छ । तर यदि टाउकोको आधा मात्र भाग दुख्छ । त्यो पनि नियमित रुपमा । दुई, चार दिनसम्म दुखिरहन्छ भने त्यो माइग्रेन हुन सक्छ ।

 

खासमा माइग्रेन के हो ?

माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, खासगरी यसलाई वंशाणुगत समस्याको रुपमा पनि लिन सकिन्छ । जस्तै आमालाई यस्तो समस्या छ भने छोरीलाई पनि हुन्छ । जसलाई परापूर्वकालमा आधा कपाल दुखाइ पनि भन्ने गरिन्थ्यो । हालसम्म माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण पत्ता लगाइएको छैन ।

प्रा. डा. राजीव झा
टाउकोको छालामा विभिन्न कारणले गर्दा एक किसिमको रसायन उत्पादन हुन्छ । जस्तै, कसैलाई खानेकुराबाट दूध, दही, मही, चीज, चक्लेट वाइन, गुन्द्रुक, सिसीमा राखेको बनाएको अचार यस्तो खानाहरु खाँदा टाउको छालामा रसायन बढ्छ । अर्को गन्धबाट पनि यस्तो रसायन उत्पादन हुन्छ ।

माइग्रेन हुँदा कसरी टाउको दुख्छ ?

माइग्रेन हुँदा टाउकोको आधा भाग मात्र दुख्छ । कहिले दायाँतिर त कहिले बायाँतिर दुख्छ । साथै टाउकोको नसाहरु सबै जगरिएजस्तो कडा हुने, नसा चरचर चलेको जस्तो हुने गर्छ ।

माइग्रेनको टाउको दुखाइ तीनदेखि चार दिनसम्म निरन्तर एकदम दुख्ने हुन्छ । त्यसबेला देखिने लक्षण आँखा खोल्न गाह्रो हुने, उज्यालो प्रकाश सहन नसक्ने, बोल्न मन नलाग्ने, ध्वनि सुन्दा रिसाउने, अँध्यारो कोठामा सुत्न मन पराउने, खानामा अरुचि हुने, बान्ता हुने जस्ता समस्या हुन्छ ।

माइग्रेनले निम्त्याउन सक्ने जोखिम के हो ?

माइग्रेनले त्यस्तो जटिल समस्या निम्त्याउँदैन । यसको कारण मृत्यु हुँदैन । यदि माइग्रेनको समयमा उपचार भएन वा के कारणले भएको थाहा पाउन सकिएन वा बिरामीलाई धेरै बान्ता हुने भएको खण्डमा शरीर कमजोर हुने र डिहाइड्रेसन हुन्छ, जुन शरीरमा पानीको कमिले हुने गर्छ ।

यसको उपचार कसरी हुन्छ ?

पहिलो चरणमा माइग्रेन के कारणले भएको पत्ता लगाउन जरुरी छ । यसको लागि टाउको दुखाइको क्यालेन्डर बनाउन सकिन्छ । अर्थात् आफूलाई टाउको दुखेको लक्षण, समय आदिलाई याद गरेर त्यसको नोट बनाउने हो ।

जसले गर्दा कुन बेला टाउको दुख्छ ? टाउको दुख्ने बेला के–के हुन्छ ? टाउको दुखाइको किसिम थाहा पाउने (धेरै, थोरै ठिक्क) कसरी दुख्छ टाउको ? बान्ता आउँछ कि आउँदैन ? वाकवाकी मात्र लागेको हो थियो कि ? त्यो दिन के के खाएको थियो ? यी कुराको विवरण स्पष्ट आउँछ ।

यी कुरालाई मध्यनजर गरेर बिरामीलाई खास के कारणले माइग्रेन भएको हो ? पत्ता लगाइन्छ । बिरामीलाई के हुँदा, कस्तो अवस्थामा, के खाँदा टाउको दुख्छ त्यो कुरा पत्ता लगाएर उपयुक्त सुझाव दिन सकिन्छ । यदि कारण पत्ता लागेन भने औषधि पनि दिन सकिन्छ ।

यस्तो औषधि सामान्यतया महिनाको चारदेखि पाँच चक्की खुवाउने गरेका छौं, त्यो पनि टाउको दुखेमा मात्र । माइग्रेनको यो बाहेक अरु कुनै उपचार छैन । यो सिटी स्क्यान, एमआरआईबाट पत्ता लगाउन सकिंदैन । अहिलेसम्म संसारमा कुनै माइग्रेन पत्ता लगाउने कुनै मेसिन बनेको छैन ।

माइग्रेन कसलाई हुन्छ ?

माइग्रेन खासगरी १८ देखि ३५ वर्षसम्मको युवा उमेर समूहलाई बढी देखिन्छ । ५ देखि १३ वर्षसम्मका बालबालिकालाई पनि माइग्रेनको समस्या देखिएको छ । माइग्रेन पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । बच्चाहरुमा स्कुल जान मन नपराउने, पढाइमा ध्यान नहुने जस्ता सामान्य खालका लक्षण देखा पर्छन् । अनलाइन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व