बैतडीको दशरथचन्द नगरपालिकाले बैदेशिक रोजगार बोर्डको सचिवालयले प्रदान गर्ने सेवा दिन थालेको छ ।
बैदेशिक रोजगार बोर्डको सचिवालयले दिने सेवाहरु अव दशरथचन्द नगरपालिकाको रोजगार सेवाकेन्द्र बाटै निवेदन दिन सकिने भएको हो ।
बिरामि वा अंगभंग भएमा पाईने आर्थिक सहयाता,मृतकको शव नेपाल झिकाउने,शव ढुवानी,मृतक श्रमिकको नजिकको हकवालालाई आर्थिक सहयाता देने,श्रमिकको परिवारका सदस्यलाई अल्जाईमर,मृगौला फेल,क्यान्सर,मुटु सम्बन्धि रोग र पार्किन्सन जस्ता रोग लागेमा औषधि उपचार सहयोग,छात्रवृति सहायता,श्रमिकको उद्वार तथा खोजतलास आदि जस्ता सेवाहरु नगरपालिका बटै प्रदान गर्न सकिने नगरपालिकाले निकालेको सुचनामा उल्लेख गरिएको छ । सगुन खबर बाट सभार