सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हिउँले सेताम्य हुने डाँडाहरुमा यो बर्ष हिउँ नै परेन

बैतडीमा यो बर्ष माघको अन्तिम साता सम्म हिउँदे बर्षा भएको छैन् । माघको दोश्रो साता समान्य पानी परेपनि यो बर्ष हिउँदे बर्षा भएको छैन् । मंसिरदेखि हिउँले सेताम्य देखिने उच्च लेकाली भागहरु यो बर्ष काला भएका छन् ।

जिल्लाको सतबाँझ, श्रीभावर,खोड्पे, ग्वाल्लेक,सिगास लगायतका क्षेत्रमा भारी हिमपात हुने भएपनि यो बर्ष हिउँदे बर्षा नहुँदा हिउँ परेको छैन् । पछिल्ला केही बर्ष यता हिउँदे बर्षा कम हुँदै गएको बैतडीको दशरथचन्द नगरपालिका १ का देवदत्त भट्टले बताए । हिउँ पर्ने समयमा बैतडीका उच्च लेकाली क्षेत्रहरुमा भारी हिमपात हुने गरेकोमा पछिल्ला बर्षहरुमा हिउँ नै कम पर्न थालेको उनले बताए । उनले भने ‘अन्य बर्ष अलिअलि भएपनि हिमपात हुन्थ्यो तर यो बर्ष हिउँदे बर्षा नै भएको छैन् ।’

हिउँदे बर्षा नभएका कारण जिल्लाको सतबाँझ, खोड्पे, ग्वाल्लेक,श्रीभावर,सिगास लगायतका ठाउँमा हिमपात नै भएन् । हिमपात नहुँदा हिउँदमा सेताम्य देखिने डाँडाहरु कालै देखिएका छन् । हरेक हिउँदेयाममा हिमपात हुने सतबाँझमा पछिल्ला बर्षहरुमा कम हिमपात हुँदा स्याउ समेत फल्न छोडेको छ । हिउँ नपरेकै कारण सतबाँझमा स्याउ फल्न छोडेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक सहायक अर्जुन खड्काले बताए । उनले भने ‘हिउँ नपर्दा स्याउ उत्पादन हुन छोडेको छ । चिस्यान कम हुँदा स्याउ उत्पादन नभएको हो ।’

यो बर्ष हिउँदे बर्षा नहुँदा हिउँदेबाली समेत सुक्न थालेको छ । हिउँदे बर्षा र हिमपात नभएका कारण सिँचाइ सुविधा नभएका ठाउँमा गहुँबाली सुक्न थालेको किसानहरुले बताएका छन् । हिउँदे बर्षा नहुँदा गहुँबाली सुकिसकेको सिगासका किसान कर्णबहादुर बोहराले बताए । उनले भने ‘यो बर्ष हिउँदे बर्षा नभएका कारण गहुँ खेतमै सुकेका छन् । उत्पादनमा कमी आउने देखिएको छ ।’

Mahakali Polytechnic

हिउँदे बर्षा नभएकै कारण कृषिबालीमा क्षति पुगेको छ । मंसिरदेखि चैत सम्म हिउँले सेताम्य देखिने डाँडाहरु काला भएका छन् । हिमालहरुमा समेत हिउँ कम हुँदै गएको छ । बैतडीबाट देखिने अपि हिमाल, सैंपाल हिमालमा समेत हिउँ कम हुँदै गएको स्थानीयहरुले बताएका छन् । हिमपात हुन छोडेपछि हिमालको हिउँ समेत पग्लिन थालेको स्थानीयहरुको भनाइ छ ।

World Link Ads

जलवायु परिवर्तनका कारण हिउँदको समयमा हिमपात नभएको वातावरणविद्हरुको भनाइ रहेको छ । विभिन्न कारणले जलवायुमा आएको परिवर्तनले यस्तो भएको उनीहरुको भनाइ रहेको छ । सगुन खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds