Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बालबालिकाले बिहानको नास्ता खानैपर्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ माघ ५, बिहीबार ०६:१९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जापानी उखान छ– बिहानको खाना आफूले खानु, दिउँसो साथीसँग बाँडेर खानु र रातिको खाना शत्रुलाई दिनु । यसले दैनिक खानाको तालिका कस्तो हुनुपर्छ भन्ने औंल्याउँछ । बिहान भरपेट खानुपर्छ, दिउँसो त्यसको आधा भाग भए पुग्छ र राति त नखाएकै बेस भन्ने गरिन्छ ।

तर खानपानको यो तालिका विपरीत छ हाम्रो खानपान शैली । हामी बिहान थोरै खान्छौं र क्रमशः त्यो मात्रा बढाउँदै राति अत्यधिक खाइदिन्छौं । जबकि शरीरलाई दिनभरका लागि आवश्यक ऊर्जाको स्रोत भनेको बिहानको नास्ता–खाना हो । त्यही नास्ता नै हामीले छुटाउन थालेको पोषणविद्हरु बताउँछन् ।

बिहानको नास्ताले शरीरको पचाउने यन्त्रलाई सक्रिय बनाउँछ र दिनभरको लागि ऊर्जा प्रदान गर्ने विभिन्न अध्ययनमा उल्लेख छ । बिहान उठेपछि मस्तिष्क र मांसपेशीलाई सक्रिय बनाउन पनि बिहानको नास्ता अनिवार्य हुनुपर्ने बताइएको छ । यसले खराब कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्छ भने हृदयरोग र मधुमेहको जोखिम पनि कम गर्ने बताइन्छ ।

राति खाना खाएर सुतेपछिको कम्तीमा ९–१० घण्टा हाम्रो पेट खाली हुन्छ । यसपछि गरिने नास्ताले शरीरको ऊर्जा र पोषक तत्वको भण्डारलाई भरपाइ गर्छ । खासगरी विद्यालय जाने उमेरका बालबालिकालाई बिहानको नास्ता एकदमै जरुरी हुन्छ ।

युरोपियन एसोसिएसन अफ टिचर्सका महासचिव जिन क्लाउड गोगोनसँग विद्यालयमा बालबालिका पढाएको लामो अनुभव छ । बिहानको नास्ता गरेका बालबच्चा कक्षाकोठामा बढी जागरुक, ऊर्जावान् र सतर्क रहेको उनको भनाइ छ ।

यस्तो विचार राख्नेमा उनी एक्ला छैनन् । विश्व स्वस्थ्य संगठन (डब्लुएचओ)का तर्फबाट एडिनबर्ग विश्वविद्यालयले सन् २००८ मा विद्यालयका बालबालिकाको स्वास्थ्य व्यवहारमाथि गरिएको एक अध्ययनमा पनि यो कुरा उल्लेख थियो ।

के खाने नास्तामा ?

बिहानको नास्तामा चना, उसिनेको अण्डा, सातु, रोटी, भुटेको मकै–भटमास, कोदोको सुप, झोल तरकारी एकदमै उपयोगी हुने पोषणविद्को सुझाव छ । यसैगरी अंकुराएको गेडागुडी, मौसमी फलफूल पनि नास्तामा सामेल गर्नु उपयुक्त हुन्छ । मौसम अनुसार प्रकृतिमा जे उत्पादन हुन्छ, त्यही खानेकुरालाई नास्ताको रुपमा खान सकिन्छ । जस्तो अहिले कन्दमूल पाइन्छ । सखरखण्ड, पिंडालु, तरुल आदि एकदमै राम्रो नास्ता हुन सक्छ ।

पोषणविद् आरेम कार्की भन्छन्, ‘घरकै उत्पादन वा आफ्नै भान्सामा पाकेको ताजा र पोषिलो खानेकुरा खानुपर्छ । बिस्कुट, चाउचाउ वा बजारका प्रशोधित खानेकुरा चाहिं नास्ताको रुपमा खानै हुन्न ।’

यसैगरी खाली पेटमा दही, केरा, बदाम खान राम्रो नहुने उनको भनाइ छ । कफी, दूधको चिया पनि खाली पेटमा खाँदा ग्यास्ट्रिकलगायत समस्या हुन सक्छ ।

हाम्रो खानपान तालिका र बिहानको नास्ता

बालबालिकाको हकमा बिहानको नास्ता महत्वपूर्ण भए पनि वयस्कका लागि त्यति अपरिहार्य नहुने पोषणविद् आरेम कार्की बताउँछन् । ‘हाम्रो खानपान तालिका नै फरक भएकाले बिहान अनिवार्य नास्ता गर्नुपर्छ भन्ने छैन,’ उनी भन्छन् ।

काम–व्यवहारका कारण हामी ८–९ बजे नै बिहानको खाना खाने गर्छौं । यो नै हाम्रो लागि बिहानको नास्ता जस्तै हो । ‘बिहान उठ्नासाथ नास्ता खाने, फेरि ८–९ बजे खाना खाने गरियो भने त्यति फाइदाजनक नहुन सक्छ,’ पोषणविद् कार्की भन्छन्, ‘त्यसैले बिहानको नास्ता गर्नैपर्छ भन्ने कुरालाई दैनिक खानाको तालिका के छ भन्ने कुराले निर्धारण गर्छ ।’

यद्यपि बिहानको खाना भरपेट खानुपर्नेमा उनको पनि जोड छ । त्यसपछिका खाना भने क्रमशः कम गर्दै लैजानुपर्छ । रातको खाना सकेसम्म चाँडै खानु लाभदायक हुने कार्की सुझाउँछन् । ‘राति हल्का खाना खानु उपयुक्त हुन्छ,’ उनी भन्छन् । सुमित्रा लुइटेलले अनलाइनखबरमा लेखेकी छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ माघ ५, बिहीबार ०६:१९
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ माघ ५, बिहीबार ०६:१९
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ माघ ५, बिहीबार ०६:१९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ माघ ५, बिहीबार ०६:१९
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ माघ ५, बिहीबार ०६:१९
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ माघ ५, बिहीबार ०६:१९
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ माघ ५, बिहीबार ०६:१९
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ माघ ५, बिहीबार ०६:१९
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ माघ ५, बिहीबार ०६:१९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व