Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डोटीका नागरिकले सेती नदीमा काठेपुल निर्माण गरे

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ८, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गएको बर्ष सेती नदीमा आएको बाढीले बगाएको झोलुंगे पुल पुनःनिर्माण नभएपछि डोटीका नागरिकले सेती नदीमा काठेपुल निर्माण गरेका छन् । बेमौसमी बर्षाका कारण सेती नदीमा आएको बाढीले झोलुंगे पुल बगाएको भएपनि पुल पुनःनिर्माणमा कसैले ध्यान नदिँदा स्थानीयहरुले काठेपुल निर्माण गरेका छन् ।

बैतडीको सिगास गाउँपालिका वडा नं ७ को भौनेली पातल र डोटीको आदर्श गाउँपालिका ६बबिना पाङ जोड्ने झोलुंगे पुल बाढीले बगाएपछि स्थानीयबासीहरु मार्कामा परेका थिए । आवतजावतमै समस्या भएपछि दुवै क्षेत्रका नागरिक मिलेर सेती नदीमाथि काठेपुल निर्माण गरेको स्थानीय समेत रहेका शिक्षक पदम साउँदले बताए ।

बाढीले बगाएको झोलुंगे पुल निर्माणको आश्वासन धेरै ठाउँबाट पाएको तर पुल कसैले नबनाउँदा आफूहरु मिलेर काठेपुल निर्माण गरेको स्थानीय मानबहादुर बोहराले बताए । उनले भने ‘सेती नदीमा पुल नहुँदा हामीहरुलाई धेरै समस्या भएको छ । यताउता जान समस्या भएपछि हामी दुवै ठाउँका स्थानीयहरु मिलेर सेती नदीमा काठेपुल हालेका छौं ।’

सेती किनारका नागरिकको बैतडी र डोटी दुवै जिल्लामा बसोबास भएकाले उनीहरुले पुल नबन्दा काठेपुल निर्माण गरेका हुन् ।

२०७८ सालको बेमौसमी बर्षाले पुल बगाउँदा आवतजावतमा समस्या भएको स्थानीयहरुले बताएका छन् । सिगास गाउँपालिका वडा नं ७ का बासिन्दाको डोटीको आदर्श गाउँपालिकामा समेत बसोबास भएकाले उनीहरुलाई पनि आवतजावतमा निकै समस्या भएको छ । सिगाससंग सीमाना जोडिएको आदर्श गाउँपालिकाका बालबालिकाहरु बैतडीमा पठनपाठनका लागि विद्यालय आउने भएपनि पुलको अभावमा उनीहरु टाढाको विद्यालय जान बाध्य भएका शिक्षक साउँदले बताए ।

भौनेलीपातलमा बाढीले बगाएको पुल निर्माणका लागि मुख्यमन्त्री, मन्त्री र सांसद सबैले आश्वासन दिएपनि कसैले काम नगरेको स्थानीयहरुको गुनासो रही आएको छ । बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री समेत पुगेर भत्केका संरचना निर्माण गर्ने आश्वासन दिएको भएपनि कसैले काम नगरेको स्थानीय धर्मसिंह बोहराले बताए । उनले भने ‘त्यो बेला सबै नेताहरु आए । प्रधानमन्त्री आए, मन्त्री आए तर कसैले समस्याको समाधान गरेन् ।’ सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

बैशाख २२, २०८२
डोटी

वर्षाका कारण डाेटीका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध

साउन १५, २०८०
डोटी

डोटीकाे मौवामा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, तीन जना घाइते

असार २८, २०८०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व