कति सम्झौतामा गरिएका पिरती भेटिन्छन्
कहाँ सबै प्रेमी खुसी हुन्छन् जति भेटिन्छन्
प्रेम अनुपम छ केवल प्रेम गर्न जान्नु पर्दछ
नजान्ने बर्बाद जान्ने गरेका उन्नति भेटिन्छन्
यो बजारमा प्रेमको कारोबार हुन्छ महोदय
अचेल प्रेमसँग साटिएका सम्पती भेटिन्छन्
प्रेम रोज्ने कि पि.आर. त्यो तिम्रो खुसी हो
प्रेम पढ्ने हजार बुझ्ने अलिकति भेटिन्छन्
किन्न पाइन्छ बजारमा आजकल प्रेमीहरू
कतै अप्सरा भेटिन्छन् कतै सती भेटिन्छन्
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post