सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मान्छेको रहर हो वा कर थाहा छैन : भट्ट

मान्छेको रहर हो वा कर थाहा छैन
के हो जरुरत के हो रहर थाहा छैन

बेतोड दौडिरहेछ हरपल यो दुनियाँ
के हो आफन्त के हो घर थाहा छैन

कहाँ टेक्छौ कहाँ ढोग्छौ कुन्नी अब
के हो पवित्र के हो कचर थाहा छैन

बनाउन जाने ढुङ्गाको देवता बन्छ
निसान छाप बन्छ रबर थाहा छैन

Mahakali Polytechnic

हिँडीरहेछु भीडमै एक्लो भए पनि
खै कहाँ पुग्छ यो सफर थाहा छैन

World Link Ads

म दुर सफरको यात्री बाटो हेर्नुपर्छ
कति टाढा पुग्छन् नजर थाहा छैन

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.