मान्छेको रहर हो वा कर थाहा छैन
के हो जरुरत के हो रहर थाहा छैन
बेतोड दौडिरहेछ हरपल यो दुनियाँ
के हो आफन्त के हो घर थाहा छैन
कहाँ टेक्छौ कहाँ ढोग्छौ कुन्नी अब
के हो पवित्र के हो कचर थाहा छैन
बनाउन जाने ढुङ्गाको देवता बन्छ
निसान छाप बन्छ रबर थाहा छैन
हिँडीरहेछु भीडमै एक्लो भए पनि
खै कहाँ पुग्छ यो सफर थाहा छैन
म दुर सफरको यात्री बाटो हेर्नुपर्छ
कति टाढा पुग्छन् नजर थाहा छैन









Discussion about this post