Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उद्योग मन्त्री बडू र एमालेका नेता ठगुन्ना तेस्रोपटक ‘आमने सामने’, कसले मार्ला बाजी ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १४, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर– नेपाली काँग्रेसका प्रभावशाली नेता एवं उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री गणेसिंह ठगुन्ना तेस्रो पटक पुनः आमनेसामने हुदैछन् । बडु हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन् भने ठगुन्ना पूर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्री थिए । एमालेका तर्फबाट दार्चुलाबाट गणेशसिँह ठगुन्ना प्रतिनिधि सभा सदस्यका लागि एकल सिफारिस भए भने कांग्रेसका तर्फबाट भने बडु सहित धेरै आकांक्षीहरुको नाम सिफारिस भएको छ । एक काँग्रेस नेताका अनुसार कांग्रेसका तर्फबाट दार्चुलाबाट प्रतिनिधि सभा सदस्यका लागि दिलेन्द्र प्रसाद बडु नै चुनावी प्रतिस्पर्धामा जाने निश्चित छ ।

केन्द्रीय राजनीतिमा बडू ठगुन्ना भन्दा पहिला नै स्थापित भएका नेता हुन् भने ठगुन्ना पनि केन्द्रीय राजनीतिमा स्थापित हुन लागेका नेता हुन् । २०४८ सालमा निर्वाचित भए यता बडू सत्तामा रहदै आएका छन् । २०४८ र २०५६ मा बडूले दार्चुलाबाट प्रत्यक्ष निर्वाचन जितेका छन् भने २०५१ सालमा नेकपा एमालेका प्रेमसिंह धामी सँग पराजीत भएका थिए ।

बडू र ठगुन्ना २०६४ सालको संविधानसभा निर्वाचन देखि चुनाव लड्दै आएका छन् । २०६४ सालको निर्वाचनमा बडू र ठगुन्ना दुवै जना पराजित भएका थिए भने तत्कालिन नेकपा माओवादीका लक्ष्मण जोशी सांसद बनेका थिए । त्यसपछि २०७० सालमा ठगुन्नाले संसदको यात्रा तय गर्दै बडूलाई पराजित गरेका थिए । २०७४ सालको निर्वाचनमा बडूले समानुपातिकमा आफ्नो सिट सुरक्षित गरेपछि ठगुन्ना सँग काँग्रेसका विक्रम धामीले प्रतिस्पर्धा गरेका थिए । २०७४ सालमा बाम गठबन्धन भएका कारण धामीलाई ठगुन्नाले ६ हजार बढी मतान्तरले पराजित गरएका थिए । यसपघि २ पटक चुनाव लडेका बडू र ठगुन्नाबीच तेस्रो पटक प्रतिस्पर्धा हुने भएको छ । यसपटक ठगुन्नाले चुनाव जिते उनको ‘ह्याट्रिक’ नै हुनेछ, बडूले चुनाव जिते उनले पनि तेस्रोपटक दार्चुलाबाट प्रत्यक्ष चुनाव जितेर पुनः संसद छिर्नेछन् ।

यस्तो हुनेछ चुनावी समिकरण

२०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा दार्चुलाबाट विजयी सुरुवात गरेका गणेशसिँह ठगुन्ना भने पुनः २०७४ सालको संघीय निर्वाचनमा विजयी भएका थिए । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता भई नेकपाको तर्फबाट निर्वाचनमा गई ठगुन्ना २८ हजार ९९८ मत सहित विजयी भएका थिए । उहाँका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तर्फबाट विक्रमसिँह धामीले २२ हजार २३३ मत ल्याएका थिए । तर बडु भने समानुपातिकमा थिए ।
२०६४ सालको संविधान सभा निर्वाचनमा भने बडु र ठगुन्ना दुबै पराजित भएका थिए । उक्त निर्वाचनमा माओवादीका तर्फबाट लक्ष्मीदत्त जोशी निर्वाचित भएका थिए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा दुबै उम्मेद्वार बीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धन कायम रह्यो भने बडुको सम्भावना उच्च रहेको छ । उता ठगुन्ना भने गठबन्धन कायम रहेपनि आफु ५ हजार बढी मतान्तरले जित्ने ठोकुवा गरिरहेको अवस्था छ । स्थानीय तहको निर्वाचन २०७९ लाई हेर्ने हो भने दार्चुलामा नेकपा एमालेको सम्भावना बढी देखिन्छ । स्थानीय तहको निर्वाचनमा माओवादी र कांग्रेसबीच गठबन्धन भएपनि एमालेले अग्रता लिएको थियो ।

स्थानीय तहको निर्वाचनमा प्रमुखको मतलाई मात्र नियाल्ने हो भने शैल्यशिखर नगरपालिकामा एमालेले ५५०९ र गठबन्धनले ४६६२ मत ल्याएको थियो । यस्तै महाकाली नगरपालिकामा एमालेले ५००३ र गठबन्धनले ३८८७ मत ल्याएको थियो भने मालिकार्जुन गाउँपालिकामा एमालेले ४०३४ र गठबन्धनले ३३२२ मत ल्याएको थियो । त्यसैगरी नौगाड गाउँपालिकामा एमालेले ३२७७ मत ल्याएको थियो भने गठबन्धनले ३७८३ मत ल्याएको थियो र लेकम गाउँपालिकामा गठबन्धनले २९७६ र एमालेले २४४५ मत ल्याएको थियो । यस्तै दुँहुँ गाउँपालिकामा गठबन्धनले २७९६ मत ल्याएको थियो भने एमालेले २८८६ मत प्राप्त गरेको हो । उता व्याँस गाउँपालिकामा गठबन्धनले २३९६ र एमालेले २९४९ मत ल्याएका थिए भने मार्मा गाउँपालिकामा गठबन्धनले ३६१६ र एमालेले २९१४ मत ल्याएका थिए । त्यसैगरी अपिहिमाल गाउँपालिकामा भने गठबन्धनले २३१२ र एमालेले १३८५ मत ल्याएको थियो ।

गठबन्धन कायम रहदा पनि गठबन्धनले २९ हजार ७ सय ५० मत प्राप्त गरे भने एमालेले ३० हजार ४०२ मत प्राप्त भएका थिए । गठबन्धन कायम रहदा समेत चर्को प्रतिस्पर्धा हुने देखिन्छ । उता बडुले भने मन्त्री पद सम्हालेदेखि उद्योग क्षेत्र लगायत समग्र दार्चुलाको विकासलागि धेरैजसो काम गरेकोले मत थप हुने कांग्रेस निकटका कार्यकर्ताहरुको भनाई छ ।

स्थानीय निर्वाचनमा उपप्रमुखको मतलाई नियाल्ने हो भने ९ वटै पालिकामा गठबन्धनको तर्फबाट २९ हजार ३०२ र एमालेको तर्फबाट २८ हजार ६१४ मत खसेको छ । प्रमुखको मतले एमाले अग्र स्थानमा भएपनि उपप्रमुखको मतले गठबन्धन अगाडि देखिएको छ । यी मतको आधारले समिकरण गर्ने हो भने दुबै उम्मेद्वारबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपी गठबन्धन कायम रहि एक्यबद्धता भई चुनावी मैदानमा गयो भने काङ्ग्रेसका तर्फबाट बडुको जीत सुनिश्चित हुने देखिन्छ । यो समाचार उपहार खबरमा छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र
राजनीति

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्
राजनीति

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व