सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उद्योग मन्त्री बडू र एमालेका नेता ठगुन्ना तेस्रोपटक ‘आमने सामने’, कसले मार्ला बाजी ?

कञ्चनपुर– नेपाली काँग्रेसका प्रभावशाली नेता एवं उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री गणेसिंह ठगुन्ना तेस्रो पटक पुनः आमनेसामने हुदैछन् । बडु हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन् भने ठगुन्ना पूर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्री थिए । एमालेका तर्फबाट दार्चुलाबाट गणेशसिँह ठगुन्ना प्रतिनिधि सभा सदस्यका लागि एकल सिफारिस भए भने कांग्रेसका तर्फबाट भने बडु सहित धेरै आकांक्षीहरुको नाम सिफारिस भएको छ । एक काँग्रेस नेताका अनुसार कांग्रेसका तर्फबाट दार्चुलाबाट प्रतिनिधि सभा सदस्यका लागि दिलेन्द्र प्रसाद बडु नै चुनावी प्रतिस्पर्धामा जाने निश्चित छ ।

केन्द्रीय राजनीतिमा बडू ठगुन्ना भन्दा पहिला नै स्थापित भएका नेता हुन् भने ठगुन्ना पनि केन्द्रीय राजनीतिमा स्थापित हुन लागेका नेता हुन् । २०४८ सालमा निर्वाचित भए यता बडू सत्तामा रहदै आएका छन् । २०४८ र २०५६ मा बडूले दार्चुलाबाट प्रत्यक्ष निर्वाचन जितेका छन् भने २०५१ सालमा नेकपा एमालेका प्रेमसिंह धामी सँग पराजीत भएका थिए ।

बडू र ठगुन्ना २०६४ सालको संविधानसभा निर्वाचन देखि चुनाव लड्दै आएका छन् । २०६४ सालको निर्वाचनमा बडू र ठगुन्ना दुवै जना पराजित भएका थिए भने तत्कालिन नेकपा माओवादीका लक्ष्मण जोशी सांसद बनेका थिए । त्यसपछि २०७० सालमा ठगुन्नाले संसदको यात्रा तय गर्दै बडूलाई पराजित गरेका थिए । २०७४ सालको निर्वाचनमा बडूले समानुपातिकमा आफ्नो सिट सुरक्षित गरेपछि ठगुन्ना सँग काँग्रेसका विक्रम धामीले प्रतिस्पर्धा गरेका थिए । २०७४ सालमा बाम गठबन्धन भएका कारण धामीलाई ठगुन्नाले ६ हजार बढी मतान्तरले पराजित गरएका थिए । यसपघि २ पटक चुनाव लडेका बडू र ठगुन्नाबीच तेस्रो पटक प्रतिस्पर्धा हुने भएको छ । यसपटक ठगुन्नाले चुनाव जिते उनको ‘ह्याट्रिक’ नै हुनेछ, बडूले चुनाव जिते उनले पनि तेस्रोपटक दार्चुलाबाट प्रत्यक्ष चुनाव जितेर पुनः संसद छिर्नेछन् ।

World Link Ads
Mahakali Polytechnic

यस्तो हुनेछ चुनावी समिकरण

२०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा दार्चुलाबाट विजयी सुरुवात गरेका गणेशसिँह ठगुन्ना भने पुनः २०७४ सालको संघीय निर्वाचनमा विजयी भएका थिए । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता भई नेकपाको तर्फबाट निर्वाचनमा गई ठगुन्ना २८ हजार ९९८ मत सहित विजयी भएका थिए । उहाँका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तर्फबाट विक्रमसिँह धामीले २२ हजार २३३ मत ल्याएका थिए । तर बडु भने समानुपातिकमा थिए ।
२०६४ सालको संविधान सभा निर्वाचनमा भने बडु र ठगुन्ना दुबै पराजित भएका थिए । उक्त निर्वाचनमा माओवादीका तर्फबाट लक्ष्मीदत्त जोशी निर्वाचित भएका थिए ।

Sana Kishan

आगामी मंसिर ४ गते हुने निर्वाचनमा दुबै उम्मेद्वार बीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धन कायम रह्यो भने बडुको सम्भावना उच्च रहेको छ । उता ठगुन्ना भने गठबन्धन कायम रहेपनि आफु ५ हजार बढी मतान्तरले जित्ने ठोकुवा गरिरहेको अवस्था छ । स्थानीय तहको निर्वाचन २०७९ लाई हेर्ने हो भने दार्चुलामा नेकपा एमालेको सम्भावना बढी देखिन्छ । स्थानीय तहको निर्वाचनमा माओवादी र कांग्रेसबीच गठबन्धन भएपनि एमालेले अग्रता लिएको थियो ।

स्थानीय तहको निर्वाचनमा प्रमुखको मतलाई मात्र नियाल्ने हो भने शैल्यशिखर नगरपालिकामा एमालेले ५५०९ र गठबन्धनले ४६६२ मत ल्याएको थियो । यस्तै महाकाली नगरपालिकामा एमालेले ५००३ र गठबन्धनले ३८८७ मत ल्याएको थियो भने मालिकार्जुन गाउँपालिकामा एमालेले ४०३४ र गठबन्धनले ३३२२ मत ल्याएको थियो । त्यसैगरी नौगाड गाउँपालिकामा एमालेले ३२७७ मत ल्याएको थियो भने गठबन्धनले ३७८३ मत ल्याएको थियो र लेकम गाउँपालिकामा गठबन्धनले २९७६ र एमालेले २४४५ मत ल्याएको थियो । यस्तै दुँहुँ गाउँपालिकामा गठबन्धनले २७९६ मत ल्याएको थियो भने एमालेले २८८६ मत प्राप्त गरेको हो । उता व्याँस गाउँपालिकामा गठबन्धनले २३९६ र एमालेले २९४९ मत ल्याएका थिए भने मार्मा गाउँपालिकामा गठबन्धनले ३६१६ र एमालेले २९१४ मत ल्याएका थिए । त्यसैगरी अपिहिमाल गाउँपालिकामा भने गठबन्धनले २३१२ र एमालेले १३८५ मत ल्याएको थियो ।

गठबन्धन कायम रहदा पनि गठबन्धनले २९ हजार ७ सय ५० मत प्राप्त गरे भने एमालेले ३० हजार ४०२ मत प्राप्त भएका थिए । गठबन्धन कायम रहदा समेत चर्को प्रतिस्पर्धा हुने देखिन्छ । उता बडुले भने मन्त्री पद सम्हालेदेखि उद्योग क्षेत्र लगायत समग्र दार्चुलाको विकासलागि धेरैजसो काम गरेकोले मत थप हुने कांग्रेस निकटका कार्यकर्ताहरुको भनाई छ ।

स्थानीय निर्वाचनमा उपप्रमुखको मतलाई नियाल्ने हो भने ९ वटै पालिकामा गठबन्धनको तर्फबाट २९ हजार ३०२ र एमालेको तर्फबाट २८ हजार ६१४ मत खसेको छ । प्रमुखको मतले एमाले अग्र स्थानमा भएपनि उपप्रमुखको मतले गठबन्धन अगाडि देखिएको छ । यी मतको आधारले समिकरण गर्ने हो भने दुबै उम्मेद्वारबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपी गठबन्धन कायम रहि एक्यबद्धता भई चुनावी मैदानमा गयो भने काङ्ग्रेसका तर्फबाट बडुको जीत सुनिश्चित हुने देखिन्छ । यो समाचार उपहार खबरमा छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.