बस्ती बगाउने गरी बर्षात होला लागेको थिएन
जिन्दगी यस्तो उल्कापात होला लागेको थिएन
आफ्नै भन्नेहरूले धेरै दुखाउदा रहेछन घाउहरू
तरबार चलाउने त्यही हात होला लागेको थिएन
त्यसैले होलान् जिन्दगी एउटा सफर हो भनेको
सडकमा हिड्दा मुलाकात होला लागेको थिएन
हुन त बाआमा पनि कागजले प्रमाणित गर्छ तर
प्रेमको पनि कुनै कागजात होला लागेको थिएन
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post