Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दार्चुलाको मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधनका केन्द्र स्थापना हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ भाद्र १९, आईतवार २१:५१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

दार्चुलाको मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधनका केन्द्र स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मार्मा गाउँपालिकाबीच यार्सागुम्बाको संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापना गर्ने समझदारी भएको हो ।

उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा मन्त्रालय र गाउँपालिकाबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । गाउँपालिकाका तर्फबाट अध्यक्ष जमनसिंह धामी र मन्त्रालयको तर्फबाट सहसचिव बाबुराम गौतमले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

मन्त्री बडूले दार्चुलामा यार्सागुम्बा संरक्षण, अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना गर्दा यार्सा संकलक किसान, व्यापारी र समग्रमा राज्यलाई नै फाइदा पुग्ने बताए । मार्मा गाउँपालिकामा स्थापना हुने यार्सागुम्बाको संरक्षण तथा प्रशोधन केन्द्रले हिमाली भेगमा पाइने बहुमूल्य जडिबुटीको वास्तविक महत्व पत्ता लाग्ने विश्वास रहेको मन्त्री बडूले बताए । मन्त्रालयले यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ मार्मा गाउँपालिकालाई दिने समझदारी पत्रमा उल्लेख छ । मन्त्री बडूले अनुसन्धानबाट प्रशोधनको चरणमा पुगेपछि बजेट बढाउन सरकार तयार रहेको बताए ।

मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले हालसम्म यार्सागुम्बाको संरक्षण, अनुसन्धान र प्रशोधन हुन नसकेको अवस्थामा मन्त्रालयले चालेको कदमले त्यसतर्फ विकास भएको बताए । संरक्षण, अनुसन्धान र प्रशोधन केन्द्र स्थापना भएपछि दार्चुलाका हिमालमा प्राप्त हुने जडिबुटी र यार्सागुम्बाको वैज्ञानिक अनुसन्धान हुने गाउँपालिका अध्यक्ष धामीको विश्वास छ ।

यार्सागुम्बा अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापनाको लागि मन्त्रालय र मार्मा गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा र शैल्यशिखर नगरपालिकाका पुर्व मेयर अमरसिंह धामीकोे पनि उपस्थिति रहेको थियो । दार्चुलाको अपीहिमाल गाउँपालिकामा सबैभन्दा बढी यार्सागुम्बा पाइन्छन् । उपहार खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

२०७९ भाद्र १९, आईतवार २१:५१
दार्चुला

मालिकार्जुन गाउँपालिका दार्चुलाका लेखा प्रमुख विष्टद्वारा जन्मदिनको अवसरमा बेसहारा ज्येष्ठ नागरिकलाई खाद्यान्न 

२०७९ भाद्र १९, आईतवार २१:५१
दार्चुला

सांसद दिपक सिहलाई जन्मभूमि दार्चुलाको माया : दार्चुला सदरमुकामदेखि सम्म सडक बनाउन 

२०७९ भाद्र १९, आईतवार २१:५१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

२०७९ भाद्र १९, आईतवार २१:५१
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

२०७९ भाद्र १९, आईतवार २१:५१
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०७९ भाद्र १९, आईतवार २१:५१
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ भाद्र १९, आईतवार २१:५१
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ भाद्र १९, आईतवार २१:५१
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ भाद्र १९, आईतवार २१:५१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व