सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाको मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधनका केन्द्र स्थापना हुने

दार्चुलाको मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधनका केन्द्र स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मार्मा गाउँपालिकाबीच यार्सागुम्बाको संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापना गर्ने समझदारी भएको हो ।

उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा मन्त्रालय र गाउँपालिकाबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । गाउँपालिकाका तर्फबाट अध्यक्ष जमनसिंह धामी र मन्त्रालयको तर्फबाट सहसचिव बाबुराम गौतमले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

Sana Kishan

मन्त्री बडूले दार्चुलामा यार्सागुम्बा संरक्षण, अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना गर्दा यार्सा संकलक किसान, व्यापारी र समग्रमा राज्यलाई नै फाइदा पुग्ने बताए । मार्मा गाउँपालिकामा स्थापना हुने यार्सागुम्बाको संरक्षण तथा प्रशोधन केन्द्रले हिमाली भेगमा पाइने बहुमूल्य जडिबुटीको वास्तविक महत्व पत्ता लाग्ने विश्वास रहेको मन्त्री बडूले बताए । मन्त्रालयले यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ मार्मा गाउँपालिकालाई दिने समझदारी पत्रमा उल्लेख छ । मन्त्री बडूले अनुसन्धानबाट प्रशोधनको चरणमा पुगेपछि बजेट बढाउन सरकार तयार रहेको बताए ।

World Link Ads
Mahakali Polytechnic

मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले हालसम्म यार्सागुम्बाको संरक्षण, अनुसन्धान र प्रशोधन हुन नसकेको अवस्थामा मन्त्रालयले चालेको कदमले त्यसतर्फ विकास भएको बताए । संरक्षण, अनुसन्धान र प्रशोधन केन्द्र स्थापना भएपछि दार्चुलाका हिमालमा प्राप्त हुने जडिबुटी र यार्सागुम्बाको वैज्ञानिक अनुसन्धान हुने गाउँपालिका अध्यक्ष धामीको विश्वास छ ।

Dirghayu Ads

यार्सागुम्बा अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापनाको लागि मन्त्रालय र मार्मा गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा र शैल्यशिखर नगरपालिकाका पुर्व मेयर अमरसिंह धामीकोे पनि उपस्थिति रहेको थियो । दार्चुलाको अपीहिमाल गाउँपालिकामा सबैभन्दा बढी यार्सागुम्बा पाइन्छन् । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.