Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चितुवाले आक्रमण गर्न थालेपछि बैतडीको तल्लोसोराडमा त्रास, बालबालिकालाई विद्यालय पठाउनै सकस

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ९, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको शिवनाथ गाउँपालिका वडा नं ६ बसेडीमा मंगलबार विद्यालय गइरहेका एक बालकमाथि चितुवाले आक्रमण गरेपछि अहिले त्रासको वातावरण सिर्जना भएको छ । वडा नं ६ का १३ बर्षीय पारस धनाडीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।

धनाडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारपछि घर ल्याइएको छ । यस्तै सोमबार राति सोही ठाउँका ६८ बर्षीय बहादुर दमाईलाई पनि चितुवाले आक्रमण गरि घाइते बनाएको थियो ।

एकै गाउँका दुईजनालाई दुई दिन लगातार आक्रमण गरेपछि अहिले गाउँमा त्रासको वातावरण सिर्जना भएको शिवनाथ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष भरतराम पार्कीले बताए । चितुवाले बारम्बार आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका उनले बताए । उनले भने ‘अहिले हाम्रो क्षेत्रमा चितुवा आक्रमणको त्रास छ । पहिला पनि चितुवाले मानवीय क्षति पुर्याएको हुनाले स्थानीयबासी डरमा बाँचिरहेका छन् ।’

स्कुले बालबालिकाहरुलाई चितुवाले आक्रमण गर्न थालेपछि अहिले अभिभावकहरु बालबालिकाहरुलाई विद्यालय पुर्याउन आँफै जान थालेका छन् । विद्यालय गइरहेका एकजना गाउँका बालकमाथि चितुवाको आक्रमण भएपछि अहिले बालबालिकाहरुलाई विद्यालय पुर्याउन आँफै जाने गरेको शिवनाथ ६ की सीता पार्कीले बताइन् । उनले भनिन् ‘बालबालिकाहरुलाई एक्लै विद्यालय पठाउन निकै डर छ । त्यसैले हामी आफ्ना बालबालिकाहरुलाई विद्यालय पुर्याउन जाने गरेका छौं ।’

चितुवाले आक्रमण गर्न थालेपछि बालबालिकाहरुमा त्रास देखिएकाले अभिभावकहरु आँफै विद्यालय सम्म पुग्न थालेका हुन् । स–साना नानीबाबुहरुलाई विद्यालय एक्लै पठाउन मुस्किल भएकाले आफूहरु विद्यालय सम्मै पुग्ने अर्का स्थानीय मोहनराम पार्कीले बताए । उनले भने ‘चितुवाले दिनदहाडै आक्रमण गर्न थालेको छ । त्यसैले बालबालिकाहरुलाई विद्यालय पठाउन आँफै गइरहेका छौं ।’

गत बर्षपनि चितुवाको आक्रमणबाट शिवनाथ ६ का दुई जना घाइते भएका वडा अध्यक्ष पार्कीले बताए । हरेक बर्ष चितुवाले मानवबस्तीमा पसेर क्षति पुर्याइरहेको हुनाले यसको दीर्घकालिन समाधान खोज्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘चितुवाले हरेक बर्ष मानवबस्तीमा त्रास फैलाउने गरेको छ । यो बिषयमा सरोकारवालाहरुसंग हामी पनि छलफल गर्छौं । यो समस्या समाधानका लागि पहल गर्नुपर्छ ।’

बैतडीमा २०६८ साल यता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालयको तथ्यांक छ । चितुवाले मानवबस्तीमा पसेर क्षति पुर्याउन थालेको एक दशक बढी भइसकेको छ । चितुवा र मानवबीचको द्वन्द बढ्दै गएपछि दुवै पक्षमा क्षति भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए । २०७४ साल यता १२ ओटा चितुवा पनि मारिएका छन् ।

चितुवाको बासस्थान नष्ट हुनु, आहार प्रजाति नष्ट हुनु लगायतका कारणले चितुवा मानवबस्तीमा पसेको हुन सक्ने अनुमान गरिएको छ । तर यसका बिषयमा विज्ञहरुको अनुसन्धान बिना भन्न नसकिने कँडेलले बताए । अहिले फेरी चितुवा सक्रिय भएकाले चितुवाको आक्रमणबाट बच्ने उपाय अपनाउनुपर्नेमा उनले जोड दिए । भगीरथ अवस्थीले सगुनखबरमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

असार ९, २०८३
सार्क एजुकेसन फाउन्डेसनद्वारा अभिभावकहरूसँग अन्तर्क्रिया

सार्क एजुकेसन फाउन्डेसनद्वारा अभिभावकहरूसँग अन्तर्क्रिया

असार ९, २०८३
कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व