सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाको छाङरु सञ्चार सम्पर्कमा जोडिदैं

दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा नेपाल टेलिकमको फोरजी सेवाको टावर निर्माण गर्न हेलिकोप्टरबाट सामान ढुवानी भइरहेको छ। छाङरुसम्म स्थलमार्गबाट पुग्न नसकिने हुँदा सामान ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरिएको हो।

अधिकांश समय सञ्चारविहीन हुने दार्चुलाको उत्तरी भेगमा पर्ने माथिल्लो व्यासमा टेलिकमको सामान ढुवानी हुन थालेपछि अब चाँडै सञ्चार सम्पर्कमा जोडिने भएको छ। टावरमा प्रयोग गरिने सोलार ब्याट्री, सोलार पाता र डिभाइसलगायत सामान हेलिकोप्टरबाट ढुवानी भइरहेको टेलिकम दार्चुलाले जनाएको छ।

दुई दिन लगाएर हेलिकोप्टरबाट सामान ढुवानी भएसँगै अब टावर छिट्टै व्यासको छाङरुमा टेलिकमको फोरजी सेवा सञ्चालन हुनेछ। छाङरुमा फोरजी सेवा सञ्चालन गर्न प्राविधिक टोलीसमेत हेलिकप्टरबाट छाङरु गएको टावर जडान गरिरहेको सर्फटेक प्रालिका एमडी दिलभक्त महर्जनले बताए।

विज्ञापनचार प्राविधिकले अबको हप्ता या १० दिनमा छाङरुमा फोरजी सेवा सञ्चालन गरिने उनको भनाइ छ। अहिलेसम्म व्यासमा नेपाल टेलिकमको स्काईफोन सेवा छ। सगुन खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.