प्रायः मनहरू परस्पर ठोकिन्छ माझिन्छ
कहिले काहिँ भने बेसरी दुख्छ भाँचिन्छ
कयौं यादहरू बग्छन नयनको डिलबाट
सयौं यादहरू यो मनमा साँचेर राखिन्छ
मन बिग्रे पछि कसैको केही लाग्दैन रहेछ
सब निसानी मेटाइन्छ नासोहरू नासिन्छ
सके जति पछार्दै गर ए! जिन्दगी मलाई
तिमीले सोचे जस्तै कहाँ सजिलै हारिन्छ
तिमी विश्वास गर या नगर म विश्वस्त छु
यसै मरुभूमिमा सुन्दर बस्ती बसालिन्छ









Discussion about this post