सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रायः मनहरू परस्पर ठोकिन्छ माझिन्छ

प्रायः मनहरू परस्पर ठोकिन्छ माझिन्छ
कहिले काहिँ भने बेसरी दुख्छ भाँचिन्छ

कयौं यादहरू बग्छन नयनको डिलबाट
सयौं यादहरू यो मनमा साँचेर राखिन्छ

Sana Kishan

मन बिग्रे पछि कसैको केही लाग्दैन रहेछ
सब निसानी मेटाइन्छ नासोहरू नासिन्छ

World Link Ads
Mahakali Polytechnic

सके जति पछार्दै गर ए! जिन्दगी मलाई
तिमीले सोचे जस्तै कहाँ सजिलै हारिन्छ

तिमी विश्वास गर या नगर म विश्वस्त छु
यसै मरुभूमिमा सुन्दर बस्ती बसालिन्छ

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.