आइतबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ।
आज दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी, कर्णाली र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ। गण्डकी प्रदेश, कर्णाली, लुम्बिनी, सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।
नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन÷ यातायात क्षेत्र समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ। हाल प्रदेश १, मधेश, बागमती, गण्डकी,लुम्बिनी र कर्णालीमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उपहार खबर बाट सभार









Discussion about this post