Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महामारीकै रुपमा हैजा फैलनसक्ने संकेत : हैजाका आठ जना बिरामी फेला

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १०, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंमा हैजा महामारीकै रुपमा फैलनसक्ने केही पूर्वसंकेत देखिसकेको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।

२ असारमा बागबजारमा बस्ने दिदीबहिनीमा पुष्टि हैजा शुक्रबार दिउँसोसम्म आइपुग्दा उपत्यकाका सात ठाँउका मानिसमा देखा परिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजाका आठ जना बिरामी फेला परेका छन् ।

 

संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

महाशाखाका निर्देशक डा. चुम्मनलाल दास पनि हैजाको आउटब्रेक हुनसक्ने जोखिम रहेको बताउँछन् । ‘हैजाको संक्रमणको स्रोतमा अझैसम्म पनि पुग्न सकिएको छैन । त्यो स्रोत एकिन गर्न सकिएको भए रोकथाम तथा नियन्त्रण गर्न सकिन्थ्यो होला,’ डा. दासले अनलाइनखबरसँग भने, ‘दिनहुँ नयाँ–नयाँ स्थानमा हैजा फैलिरहेको छ, जसले महामारीको रुप लिन समय लाग्दैन ।’

 

हैजा पुष्टि भएसँगै कारण पत्ता लगाउन एवं रोकथाम तथा नियन्त्रणबारे सुझाव दिन जनस्वास्थ्य कार्यालय, काठमाडौंले छानबिन टोली गठन गरेको छ । कार्यलयका प्रमुख वसन्त अधिकारीको संयोजकमा गठित ६ सदस्यीय टोलीले बागबजारमा हैजा संक्रमित भेटिएको घरको पानी नमुना परीक्षण गर्दा इकोली र कोलिफर्म जीवाणु भेटिएको छ । डिल्लीबजारको संक्रमितले प्रयोग गरेको धाराको पानीमा पनि कोलिफर्म जीवाणु भेटिएको महाशाखाले जनाएको छ ।

 

‘बागबजार तथा डिल्लीबजारको पानीमा जीवाणु देखिए पनि स्रोत पहिचान गर्न गाह्रो भइरहेको छ । पानीको मुहानमै वा कतैबाट सरेको हुनसक्ने अनुमान लगाएका छौं’, डा. दासले भने, ‘हैजाको मुख्य स्रोतको पहिचान भएको छैन ।’

 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन हैजा भित्रभित्रै फैलिइसकेको आशंका गर्छन् । त्यसमा सहमत अर्का संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘काठमाडौं उपत्यकामा मानिसको जनधनत्व बढी छ । पानीमा दिसाको पाइने जीवाणु भेटिरहेको छ । जुन पानी अन्य मानिसले पनि सेवन गरेका होलान् । जसका कारण संक्रमण भित्र–भित्र फैलिरहेको छ । केही दिनमा आउटब्रेक हुन्छ ।’

 

अहिले अस्पतालमा ८ जना भर्ना भएका छन् । हैजा १० जना बिरामीमध्ये एक जनामात्रै जटिल अवस्थामा पुग्छन् भन्ने मानिन्छ । त्यसरी हेर्दा अहिले नै काठमाडौं उपत्यकामा सयभन्दा बढी हैजाको संक्रमित भइसकेको अनुमान गर्न सकिने डा. अधिकारी बताउँछन् । भन्छन्, ‘कतिपय मानिसलाई हैजा भएको पनि थाहा छैन । झाडापखला भएर आफैं ठिक भएको होला ।’

हैजा फैलन नदिन खोपको तयारीसँगै जनचेतनाको पाटो बढाउनुपर्ने विज्ञहरूको सुझाव छ । वर्षायाममा धेरै पानी पर्छ । पानीले थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस वर्षाको पानीले बगाएर लग्छ । दिसाका जिवाणु इनार वा पानीको मुहानमा मिसिँदा हैजा संक्रमण गराउँछ ।

 

त्यसैले हैजा विरुद्धको खोपको दिन सरकारले आवश्यक तयारी चाल्नुपर्ने डा. पुनको सझाव छ । ‘जोखिमयुक्त ठाँउमा हैजाको खोपका दिन थाल्नुपर्छ । खोप ल्याउने कदम अगाडी बढाउनुपर्छ,’ संक्रामक रोग विशेषज्ञ डा. पुन भन्छन्, ‘संक्रमण फैलिएपछि नियन्त्रण गर्न सकिँदैन । भोलि अवस्था जटिल बन्नसक्छ ।’

२०६६ सालमा जाजरकोट महामारीकै रुपमा फैलिएको थियो हैजा

२०६६ सालमा जाजरकोटमा फैलिएको हैजाबाट ३५० जनाको ज्यान गएको थियो । ६० हजारभन्दा बढीलाई उपचार गराउनु परेको थियो । त्यससमयमा सुर्खेत, दैलेख, रुकुम, रोल्पा लगायतका सात जिल्लामा हैजा देखा परेको थियो । ‘सन् २००९ मा जाजरकोट लगायतका सीमावती जिल्लामा फैलिएको हैजाले महामारी निम्ताएको थियो,’ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘आठ जिल्लाका सयभन्दा बढी गाविसमा एकैपटक हैजा फैलिएको थियो ।’

 

काठमाडौं उपत्यकामा भने सन् २०१५ र २०१६ यता हैजाका बिरामी फाटफुट देखिएका छन् । तर काठमाडौं उपत्यका जहिले पनि जोखिममा रहने बताउँछन् उनी ।

 

काठमाडौंमा उपत्यकामा पिउने पानीलाई सुरक्षित बनाउने संयन्त्र राम्रोसँग विकास हुन नहुँदा पनि हैजा फैलिने गरेको उनी बताउँछन् । ‘काठमाडौंमा ढल र खानेपानी पाइप एकैठाउँमा छ । अहिले हैजाको फैलिएको माध्यम ढल फुटेर भएको हुनसक्छ,’ डा. मरासिनीले भने, ‘उपत्यकामा पिउने पानीलाई सुरक्षित बनाउन नसकिएको कारण हैजा फैलिने ठूलो जोखिम छ ।’

 

हैजाबाट बच्न विशेषगरी पिउने पानी तथा बजारमा राखिएका खानेकुरामा ध्यान पु¥याउनुपर्ने डा. पुनको सुझाव छ । ‘ठाउँ–ठाँउमा हैजाका बिरामी देखिएको हुँदा धारा वा जारको पानी जुन भएपनि राम्ररी उमालेर पिउनुपर्छ । त्यसैगरी पटक–पटक हातखुट्टा पनि राम्ररी धुने गर्नपर्छ,’ डा. पुन भन्छन्, ‘सिधै पानी पिउनु हुँदैन । ७० डिग्रीसम्म पानी ततायो भने पनि जीवाणु मर्छ ।’

 

झिँगामार्फत पनि हैजाको संक्रमण सार्न सक्ने भएकाले खानेकुरालाई राम्ररी छोपेर राख्न उनी सुझाव दिन्छन् । हैजा संक्रमण भएको व्यक्तिको दिसा पानीमा पुग्यो र त्यो पानी पिएको खण्डमा पनि हैजा सजिलै सर्छ । त्यसैले सरसफाइमा विशेष ध्यान जरुरी रहेको बताउँछन्, संक्रामक रोग विशेषज्ञ डा. अधिकारी

(source: onlinekhabar.com)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३
सुनको मूल्यमा गिरावट, तोलामै १० हजार १०० रुपैयाँ घट्यो

हप्ताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

असार १४, २०८३
मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

असार १४, २०८३
मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व