मौसम पूर्वानुमान महाशाखाले वर्षा गराउने बादल विकसित भई पूर्व र दक्षिणतिर सरिरहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।
काठमाडौं उपत्यकासहित पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको र त्यो वर्षा गराउने बादल विकसित भई पूर्व– दक्षिणतिर सर्दै गरेको महाशाखाले जनाएको छ।
महाशाखाकाअनुसार देशको पूर्वी र दक्षिणी भागमा बादल विकसित भई वर्षा हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।
पछिल्लो तीन घण्टामा देशको गण्डकीदेखि प्रदेश नम्बर १ को पहाडी भू–भागका केही स्थानहरुमा वर्षा भैरहेको महाशाखाले रेकर्ड गरेको छ। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post