Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

फोक्सोलाई आयुर्वेदिक विधिबाट कसरी मजबुत बनाउने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २८, २०७८
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कोरोनाभाइरस (कोभिड—१९) संक्रमितमध्ये धेरैजसो होम आइसोलेशनमा छन् । अस्पतालहरुमा अक्सिजन र बेडको अभावबारे जताततै चर्चा चलिरहेको छ । होम आइसोलेशनमा बसेका सामान्य लक्षण देखिएका र लक्षण नदेखिएका संक्रमित मानसिक दबाबमा छन् । कतै अक्सिजन आवश्यक पर्ने त होइन भन्ने चिन्ता स्वाभाविक रुपमा उनीहरुमा देखिन्छ ।

चिकित्सकहरुका अनुसार कोरोना संक्रमितमध्ये सबैलाई अक्सिजन, आइसियू र भेन्टिलेटरको आवश्यकता पर्दैन । कोरोना संक्रमितमध्ये करिब तीन प्रतिशतलाई मात्रै अस्पतालमा भर्ना गर्न जरुरी हुने डा.बासुदेव उपाध्याय बताउँछन् ।

होम आइसोलेशनमा बस्ने संक्रमितको शरीरमा अक्सिजनको अवस्था कस्तो छ भन्नेबारे घरमै बसेर सामान्य तरिकाबाट पनि थाहा पाउन सकिने उनले बताए । घरमा पल्सअक्सिमिटर राखेर नियमित शरीरमा अक्सिजनको मात्रा आफैले नाप्न सकिने उनी बताउँछन् । यद्यपि पल्सअक्सिमिटर नभएको खण्डमा योग अभ्यासबाट पनि शरीरमा अक्सिजनको मात्रा थाहा पाउन सकिने उनको भनाइ छ ।

शरीरमा ९० भन्दा तल अक्सिजनको मात्रा पुग्यो भने स्वास्थ्यमा समस्या सिर्जना हुन सक्छ । कोरोनाभाइरस संक्रमणका कारण फोक्सोमा अक्सिजनको मात्रा कम भएमा फोक्सो खराब हुने त होइन भन्ने चिन्ताले धेरैलाई सताउन सक्छ ।

कोरोना संक्रमणले फोक्सोलाई क्षति पु¥याएको छ कि छैन र कोभिडले प्रभाव पारेको फोक्सोलाई विस्तारै सुधार गर्न परम्परागत योगभित्रको प्राणायामको नियमित अभ्यास लाभदायक हुने महानिर्देशक डा. उपाध्याय बताउँछन् ।

 

 

फोक्सोलाई स्वस्थ राख्न डा. उपाध्यायका केही टिप्स

— प्राणायाम गर्दा जसले २० सेकेन्डसम्म सासलाई रोकेर बस्न सकेमा त्यस व्यक्तिको फोक्सोको अवस्था सामान्य छ भनेर बुझिन्छ । होम आइसोलेशनमा बसेका व्यक्तिले प्राणायाम गर्ने र त्यस क्रममा २० सेकेन्डसम्म श्वास रोकेर बस्न सकेमा ती व्यक्तिलाई अक्सिजनको आवश्यकता नपर्न सक्छ ।

— होम आइसोलेशनमा बसेको व्यक्तिले २० सेकेन्डसम्म प्रणायाम गर्दा सास रोक्न सक्दैँन भने आक्सिजनको आवश्यकता छ भन्ने बुझ्नु पर्छ र स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ ।

— शरीरमा अक्सिजनको मात्रा घटेको छ, तत्काल अक्सिजन लिन सक्ने अस्वस्था छैन वा अस्पताल पुग्न सकिँदैन भने केही समयका लागि बिरामीलाई सिधा घोप्टो परेर सुताउँदा फोक्सोमा जोड पर्छ । त्यसपछि अक्सिजनको मात्रा केही बढ्न सक्छ ।

— अक्सिजन, आइसियू र भेन्टिलेटरमा उपचार गरेर अस्पतालबाट फर्किनेहरुले दिनमा दुई÷दुई घण्टाको अन्तरमा कम्तीमा ५ देखि १० मिनेट प्राणायाम गर्दा झन् राम्रो हुन्छ ।

— प्रणायाम गर्दा सास रोक्ने क्रमलाई २० सेकेण्डदेखि बढाउन कोसिस गर्नुपर्छ । प्राणायाम गर्दा सास रोक्ने क्रममा २० देखि ३० सेकेण्डसम्म रोक्ने प्रयास गर्दा राम्रो हुन्छ । तर, प्रणायाम गर्ने नाममा जबरजस्ती सास रोक्न भने हुँदैन ।

 

यो पनि

होम आइसोलेशनमा बस्ने संक्रमितले यस्ता आयुर्वेदिक औषधि सेवन गरौँ
​— अक्सिजन, आइसियू र भेन्टिलेटरमा उपचार गराएर घर फर्किएकाको फोक्सोको अवस्था पूर्ण रुपमा पूर्ववत् अवस्थामा फर्किसकेको हुँदैन । उपचारबाट घरमा फर्किएकाले प्राणायाम गर्दा चाडैँ सुधार आउन सक्छ ।

— अस्पतालकै बेडमा उपचार गराइरहेका बिरामीले समेत प्रणायाम गर्न सकिन्छ ।

— अस्पतालबाट कोभिड निको भएर घर फर्किएकाले पिउने पानीमा १ देखि २ ग्राम दालचिनीको धुलो राखेर पिउनुपर्छ । यदि गाउँघरमा हुनेहरुले दैनिक पिउने २ देखि ३ लिटर पानीमा ५÷६ वटा तुलसीका पात राखेर पिउँदा राम्रो हुन्छ ।

— दैनिक रुपमा बोझो, हर्राे एक ग्राम, गुर्जाे ५ ग्राम नियमित सेवन गरेमा संक्रमितको अवस्थामा सुधार हुन्छ तथा कोभिड हुन नदिनका लागि सहयोग गर्छ ।

— स्वास्थ्य अवस्था सामान्य रहेका व्यक्तिले पनि नियमित रुपमा प्राणायाम गर्नुपर्छ । किनभने फोक्सोको क्षमता अनुसार अक्सिजन लिन प्राणायाम सार्थक हुन्छ ।

वर्तमान समयमा आधुनिक प्रविधि भयो भने सबैले तत्काल मान्ने र विश्वास गर्ने तर परम्परागत प्रविधिलाई विश्वास नगर्ने प्रवृति बढेको डा. उपध्याय बताउँछन् । यस्तै शारीरिक अभ्यासहरू पनि परम्परागत भएमा हत्तपत्त मानिसले वास्ता गर्दैनन् । तर, यही शारीरिक अभ्यास तथा कुनै प्रकारको योगलाई आधुनिक शब्दावली दिएको खण्डमा विश्वास गर्नेको जमात ठूलो भएको उनको गुनासो छ ।

आयुर्वेद शास्त्रमा शरीरलाई चाहिने भिटामिन ‘सी’ अमला, कागती, सुन्तला, अमिला फलबाट पाइन्छ । तर, यस्तै कुनै पब्लिक हेल्थको विज्ञले भिटामिन ‘सी’ खानुपर्छ भनेको खण्डमा भिटामिन ‘सी’ को ट्याब्लेट खान तत्काल तयार हुनेको संख्या धेरै रहेको उनले सुनाए ।

वर्तमान समयमा भारत र चीनमा जडीबुटी जेठी मधुबारे अध्ययन भइरहेको छ । गाउँघरमा जेठी मधु प्रशस्त मात्रामा पाइन्छ । कोरोना संक्रमणले प्रभाव गरेको फोक्सोलाई निको पार्नका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न अध्ययनले देखाएको छ । कोभिडबाट हुन सक्ने नोक्सानलाई जेठी मधुले रोक्ने अध्ययनहरुले पुष्टि गरेको उनले बताए ।

‘जेठी मधु खाएपछि कोभिड निको हुन्छ भन्न खोजिएको होइन,’ उनी भन्छन्, ‘अस्पताल जानै पर्दैन भनेको होइन तर, संक्रमणबाट हुने नोक्सानलाई कम गर्छ ।’

( Source : ratopati.com )

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व