सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावका कारण आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई÷मधेशका भू–भागमा हल्का तापक्रम बढ्ने जनाइएको छ।

महाशाखाका अनुसार सोमवार बिहान प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ। अन्य प्रदेशको मौसम सामान्यतः सफा रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकएको छ। अन्य प्रदेशको मौसम सामान्यतः सफा रहने छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ। थाहा खबर बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.