कञ्चनपुर – कञ्चनपुर जिल्लामै उत्कृष्ट ठहरिएको प्रभात विद्या निकेतन बसन्तपुरले आफ्नो स्थापनाको २९ ओै वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ। २ बर्ष बाट विश्वव्यापी काेराेना सङ्क्रमणका कारण कुनै पनि कार्यक्रम हुन सकेका थिएनन् भन्नु हुन्छ विद्यालयका संस्थापक प्रधान अध्यापक डा. शंकरदत्त भट्ट। बि.स. २०४९ सालमा स्थानीय केही शिक्षाप्रेमि समाजसेवीकाे पहलमा स्थापना गरिएको विद्यालय हाल आएर जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयका रुपमा परिचित भएको छ। भिमदत्त नगरपालिका वार्ड नम्बर १६ बसन्तपुरमा रहेको विद्यालय आफैमा भौतिक पूर्वाधारले सम्पन्न एक नमुना विद्यालय हाे भन्नु हुन्छ विद्यालयका संस्थापक एवम् गुठी समितिका अध्यक्ष चक्रदेव भट्ट।
प्रभात विद्या निकेतन बाट अध्ययन गरेका थुप्रै विद्यार्थीहरू देश विदेशमा गई उच्च ओहोदामा रहि काम गरिरहेका छन्। गुठी अन्तरगत स्थापना भई सञ्चालनमा रहेका यसक्षेत्रमा मात्रै नभई कञ्चनपुर जिल्लामै जम्मा ४ वटा विद्यालय रहेका छन्। ती मध्येको प्रभात विद्या निकेतन पनि एक हाे। न्यून शुल्कमा पुर्णतया अंग्रेजी माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयका रुपमा परिचित याे विद्यालय आज आफ्नो २९ ओै वार्षिक उत्सव एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर सिहकाे अध्यक्षतामा गरिएकोमा कार्यक्रममा गुठी समितिका अध्यक्ष चक्रदेव भट्ट, विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय डिल्ली राज पनेरु, हर्क बहादुर धामी , शिक्षक अभिभावक संघका अध्यक्ष रामदत्त भट्ट , सदस्य राजेन्द्र बहादुर चन्द विद्यालयका प्रधान अध्यापक डा शंकर दत्त भट्ट लगायत शिक्षक कर्मचारी अभिभावक विद्यार्थीको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

प्रभात विद्या निकेतनमा नर्सरी देखि कक्षा १२ सम्मको पढाइ हुने गरेको छ। विद्यालयका विविध विधामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल हुनुहुने विद्यार्थीहरूलाई मेडल प्रमाणपत्र र उपहार सहित सम्मानित गरिएको थियाे।












Discussion about this post