उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज देशका पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधवार बिहान प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। अन्य भू–भागमा मौसम सामान्यतः सफा रहेको महाशाखाले जनाएको छ।दिउँसो प्रदेश १, बागमती‚ गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मौसम सामान्य बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू–भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। थाहा खबर बाट सभार









Discussion about this post