बाजुरा – जिल्लामा रुखले च्यापिएर एक युवतीको मृत्यु भएको छ। आइतबार जिल्लाको त्रिवेणी नगरपालिका ९ पैमा बस्ने ३६ वर्षीया राजमती साउँदको रुखले च्यापिएर ज्यान गएको हो।
रुखले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साउँदको घर नजिकै रहेको कोईराली वनमा दाउरा काट्ने क्रममा मृत्यु भएको हो। गोदावरी न्युज बाट सभार