सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अब सीसीटीभीको निगरानीमा कारागार

कालिकोट : जिल्ला कारागार कार्यालय कालिकोटमा सीसीटीभी जडान गरिएको छ। कारागार व्यवस्थापन विभागको सहयोगमा जिल्ला कारागार कार्यालय कालिकोटमा सीसीटीभी जडान गरिएको हो।

कारागारमा जडान गरिएको सीसीटीभी प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरे।जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्मासहितको टोलीमा कारागारमा गएका प्रमुख जिल्ला अधिकारी कार्कीले कारागारको शान्ति सुरक्षा व्यवस्थित भएको बताए। उनले भने, ‘कारागारमा सीसीटीभी जडान गरिएर निकै राम्रो भयो।कारागारको भित्री भागदेखि बाहिरी क्षेत्रको अवस्था एक कोठाबाटै अवलोकन गर्न सकिने भएको छ। कारागारका लागि सीसीटीभी निकै उपयोगी हुने उनले बताए।

जिल्ला कारागार प्रमुख जेलर दलबहादुर बुढाले कारागारको शान्ति सुरक्षालाई व्यवस्थित बनाउन सीसीटीभीले निकै सहज भएको बताए। उनले कारागारभित्र र बाहिरका गतिविधि, बन्दीका क्रियाकलाप, सुरक्षाकर्मीको ड्यूटीको अवस्थालगायतका विषय आफ्नो कार्यकक्षबाटै अवलोकन गर्न सकिने बताए। उनले भने, ‘कारागार व्यवस्थापन विभागबाट आएको एक लाख २५ हजार बजेटले कारागारभित्र र बाहिरी भागलाई लक्षित गरी ७ वटा क्यामेरा जडान गरिएका छन्।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी बिनोद शर्माले जिल्ला ससदरमुकाम मान्म बजारमा सीसीटीभी जडान गरेपछि उपराधिक घटनामा निकै कमी आउने बताउँदै कारागार पनि व्यवस्थित हुने बताए। उनले भने, ‘जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा करिब ६ महिना अगाडी मान्म बजारमा सीसीटीभी जडान गर्न सफल भएका थियौं।’

Mahakali Polytechnic

उनका अनुसार मान्म बजारमा कहाँ के भइरहेको छ भन्ने कुरा जिल्ला प्रहरी कार्यालयको एक कोठाबाट निगरानी भइरहेको छ। बजारमा सामान्य समान हराउदा पनि सहजै फेला पर्ने गरेको छ। बजारमा हुने चोरी, सार्बजानिक सम्पतिको सुरक्षा, झै झगडालगायतका सामाजिक अपराधका घटनाहरु हुन छाडेका छन्।
बन्दीलाई ढाका बुनाइ तालिम

World Link Ads

जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका १० जना बन्दीलाई लक्षित गरी दुई महिने ढाका बुना तालिम सुरु भएको छ। घरेलु तथा साना उद्योग विकास समितिको आयोजना तथा जिल्ला कारागार कार्यालयको समन्वयमा बन्दीको मागका आधारमा १० जना कैदी बन्दीलाई ढाका बुनाइसम्बन्धी दुई महिने तालिम सोमबारदेखि सुरु भएको हो।

Sana Kishan

तालिममा सहभागी कैदी मनबहादुर शाहीले आफूहरुले पहिलेदेखि नै माग गरेको ढाका बुनाइ तालिम अहिले पाएकोमा खुसी लागेको बताए। उनले भने, ‘टोपी, मखुलर, सुइटरलगायतका सामान बुनेर कारागारबाटै व्यवसाय गरिरहेका छौँ। अब ढाका बुन्न पनि सिक्छौ।’

कार्यक्रममा जेलर दलबहादुर बुढाले कारागारलाई उद्योगका रुवमा विकास गर्न यस्ता तालिम आयोजनाका लागि समन्वय गरिरहेको बताए। उनले कारागारबाट बाहिर जाँदा कैदीले विभिन्न सीप सिकेर जाने बताए।

कार्यक्रममा उद्योग अधिकृत आइती चौधरीले तालिमको बारेमा जानकारी दिँदै दुई महिने ढाका बुनाई तालिमले कैदीले रुमाल, सललगायतका ढाकाका कपडा बुन्न सिक्ने बताइन्। उनले कारागारमा ढाँका बुनाइ तालिम संचालनका लागि सहयोग गर्ने सबै सरोकारवाला निकायलाई धन्यबाद दिइन्। -अन्नपुर्ण पाेस्ट

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.