सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण

बैतडीको पाटन नगरपालिका ८ सिद्धेश्वर विजयपुरमा रहेको ज्ञानेश्वर माध्यमिक विद्यालयले छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ। विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत एक सय ३५ जना छात्रालाई प्याड वितरण गरेको हो। विद्यालयका प्रधानाध्यापक तर्कराज भट्टले एकजना छात्रालाई चार वटाका दरले प्याड वितरण गरिएको जानकारी दिए।

सघिंय सरकारले अगामी वर्षको नीति तथा कार्यक्रममा छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड गर्ने नीति समावेश गरेका बेला ज्ञानेश्वर मावीले उक्त नीति कार्यान्वयनमा आउनु पहिले नै वितरण गरेको हो। विद्यालयले अब हरेक महिना छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिने जनाएको छ। महिनावारी भएका बेला छात्राहरु विद्यालय नआउने गरेका कारण सहजताका लागि प्याड वितरणको कार्यक्रम लागु गरिएपछि उनीहरु नियमित विद्यालय आउने विश्वास पनि गरिएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds