सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

९ लाख बाती बलेको फोटोलाई हातले छुनुहोस र ॐ लेखी सेयर गर्नुहोस

धनकि खानी,धनको देवी मानिने लक्ष्मी मातालाई प्रसन्न गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् ।महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ ।हिन्दु धर्मअनुसार, यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आकर्षित गर्न सक्षम हुनुभयो भने धन र समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन ।देवी लक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यकी देवीको रुपमा मानिन्छ। उनलाई चंचल स्वभावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने विश्वास पनि रहेको छ ।

तपाईले दैनिक गर्ने केही कार्यहरुले लक्ष्मी माता प्रसन्न हुने र जीवनमा प्रशस्त धनलाभ गर्ने अवसर मिल्ने गर्छ। आज हामी तपाईहरुलाई लक्ष्मीको कृपा मिल्ने र धनलाभ हुने ५ संकेतहरु बताऊन जाँदै छौँ।

१. यदि तपाईले सपनामा पानी, हरियाली र लक्ष्मीको वहन उल्लु देख्नुभएमा भाग्य बदलिने र प्रशस्त धन कमाउने संकेत रहने गर्छ।

२. यदि तपाईको घर वा कार्यालयमा अकस्मात उल्लु आयो भने सम्झिनुस निकट भविष्यमानै धन प्राप्त गर्ने अवसर मिल्नेछ।

Mahakali Polytechnic

३. विशेषगरी शुक्रबारको दिन लक्ष्मी पूजा गर्ने भएकाले यस दिन तपाईलाई कोही महिलालले सिक्का पैसा दिएमा निकै शुभ हुने र प्रशस्त धन कमाउने अवसर मिल्ने गर्छ।

World Link Ads

४. तपाईले राती सुतेको बेला सपनामा सेतो र पहेंलो सर्प देख्नुभयो भने छिट्टै धनि बन्ने योग छ भन्ने बुझ्नुहोस्। यसकासाथै यसले तपाईको स्वास्थ्यमा समेत ठूलो सुधार आउने संकेत गर्छ।

Sana Kishan

५. हरेक व्यक्तिहरु सर्प देख्ने बितिकै डराउने गर्छन। तर सर्प र धनसँगको अत्यन्तै नजिक हुन्छ। त्यसैले घरमा सर्प आयो र तपाईलाई बेर्यो भने निकै संकेत रहने गर्छ। यस्तो अवस्थामा तपाई छिटै धनि बन्न सक्ने र घर वरिपरि केहि खजाना हुन्सक्छ।

हिजो साँझै बाट उनको फोन अफ छ । फेरी एक पटक फोन ट्राई गरें, नेपाल टेलीकमकी युवतीले फेरी उसं गरि भनिन ‘तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वच अफ गरिएको छ ।’ फेसबुक अन गरें, २१ घण्टा देखि उसले फेसबुक चलाएकी छैन भन्ने थाहा भयो । अफलाईन म्यासेज गर्न मन लागेन । घरबाट अफिस निस्कनै लाग्दा श्रीमतीले ढोकामा उभिएर भनी छोरालाई सन्चो छैन के गर्ने होला ? कुनै चासो नै नदेखाई भनें, जंचाउन लैजाउ न त ।अफिस पुगेर फेरी फोन गरें उसलाई, मोवाईल अफ नै रहेछ । काममा मन नै लागेन, क्यान्टीनमा गएर एक कप चिया र चुरोट पिएं । मन साह्रै असान्त थियो, उ देखेर रिस पनि उठ्यो कमसेकम मेरो मनले के सोच्ला भनेर त बुझ्नु पर्ने नी ।

२ बज्यो यो बिचमा मैले उसको अफ भएको मोबाईलमा धेरै पटक फोन गरें । झट्ट सम्झीएं, उ कहिले काहीं कुरा गर्दा गर्दै बिना प्रशंग बोलिदिन्छे, ‘मलाई जीन्दगी प्रती मोह छैन, म कुनै पनि बेला मर्न सक्छु । तिमीलाई त म मरेको थाहा पनि हुँदैन ।’ मैले यो कुरालाई कैलेहि गम्भीर रुपमा लिएको थिहिन, ‘नचाईने कुरा नगर किन मर्ने ।’ यो भन्दा बढि मैले कैलेहि केहि भनिन । उ किन बारबार मलाई यो कुरा सुनाउँथी मलाई थाहा छैन, हुन सक्छ उ सुन्न चाहन्छे म यो भनुँ की , ‘तिमी मरेउ भने म एक्लो हुनेछु सन्ध्या ।’ तर यो मैले कैलेहि भनिन । हिजो देखि उसको फोन अफ हुँदा डर लाथ्यो, कतै उसले आत्म हत्या त गरिन ।

हतपत म्यासेज गरें, काहाँ छौ तिमी ? फोन पनि अफ छ, साह्रै याद आईरअ‍ेको छ तिम्रो ।म्यासेज सेण्ट भयो, झट्ट सम्झीएं म्यासेज नगरेको भए हुने, साच्चै उसले आत्महत्या गरेकी भए यो म्यासेजले पुलिसको झमेला थप्न सक्छ । रिप्लाई आएन म्यासेजको । बिरामीको बहाना बनाएर छिट्टै निस्कीएं अफिसबाट । घर पुग्दा श्रीमती छोरालाई औषधी ख्वाउँदै थिई, देख्नासाथ सोधि कीन छिटो आउनु भयो ? तेस्सै मैले छोटो उत्तर दिएं । कपडा फेरें, श्रीमतीले चिया दिंदै भनि खाजा खानुभयो ? अं खाईसकें फेरी अर्को झुट बोलें । हेक्का नै भएन तिमीले खाएउ त भनेर सोध्न पनि । उसो त म श्रीमतीले के खाई ,के लगाईमा ध्यान पनि दिंदीन । उसले चीत्त दुखाईन होली आज पनि, बानि परिसक्यो मेरो स्वभावको उसलाई । श्रीमती गै सकेपछि सम्झें छोरालाई औसधी ख्वाउँदै थिई, के भएको रहेछ भनेर सोध्नु पर्ने मैले । मेरो ध्यान सन्ध्याकै फोनमा थियो । यस्तो त कैलेहि भएको थिईन म । सन्ध्या मेरी फेसबुक फ्रेण्ड हो । ब्याचलर पढ्दै गरेकी २० बर्षकी सन्ध्यालाई मैले भेटेको पनि छैन, फोनमा कुरा हुन थालेको २ महिना भयो, तर म झापा र उ काठमाडौं भै दिंदा भेट्ने रहर रहरै बनेको छ ।

म भन्दा १४ बर्ष कान्छी त्यो केटीले म मा ठुलै प्रभाव जमाएकी छ । उ भित्रको बिचार, कुरा गर्ने शैली र मलाई बुझ्ने क्षमताले गर्दा म आजकल उसकै उमेर छेउछाउको पागल प्रेमी बनेको छु । उसको र मेरो सबै भन्दा मिल्ने स्वभाव किताव पढ्नु हो । उसलाई साहित्यमा साह्रै रुचि हुनु र म अंग्रेजी साहित्यको प्रोफेसर हुनुले पनि हामीलाई बाँधेको छ, जस्तो लाग्छ । फेरी श्रीमतीले ध्यान भङ्ग गरिदीई, एकछिन बाबु संग बसिदिनुस् न, म पसल जानु छ । हजारको नोट दिदैं भनें, जाउ म हेर्छु । पर्दैन पैसा म संग नै छ, उ ढोकाबाट निस्केको हेरिरहें ।मेरी श्रीमती साह्रै सोझी छ, कुनै कुराको गुनासो र माग गर्दिन । सबैले उसको रुप र गुणको तारिफै गरेको सुन्छु । आमा गर्विलो हुँदै भन्नुहुन्छ, मैले हेरेर ल्याएकी बुहारी पो हो त, यति माया त छोरीले पनि गर्दैनन् । एकदमै कम बोल्ने स्वभावकी छ उ । मास्टर्स गरेकी मेरी श्रीमतीको अहिले सम्म फेसबुक छैन । सिउँदो भरि सिन्दुर लगाउँछे उ, आज सम्म देखेको छैन उसले अध्यारो अनुहार लगाएको । ठुला ठुला आँखा, मिलेको दाँत, बाधेपनि बाटेपनि उत्तीकै सुहाउने उसको लामो कपाल । यी सबै कुराले उ म भन्दा दसौं गुणा राम्री छ । सबै साथी भन्छन् भाग्यमानी रैछस्, भाउजु जस्तो असल श्रीमती पाईस् । हाम्रो जस्तो कचकचे बुढी पर्यो भने लाईफ तेसै खेर जान्छ । मलाई अरुको श्रीमतीले श्रीमानलाई गरेको ब्यबहार देख्दा म भाग्यमानी नै हुँ की झैं पनि लाग्छ । माया लाग्छ मेरी श्रीमतीको मलाई । तर पनि मनमा उसको स्वभावले गर्दा केही दुरी बढेको झैं लाग्छ ।उ टीपीकल बुहारी छ, म छु मनको चन्चल । श्रीमतीको यो खाले स्वभावले गर्दा म पनि घरमा टीपीकल हजबेण्ड बनेको छु । श्रीमती कैलेहि ठुलो स्वरले नबोल्ने, जीस्काए पनि संधै लाज मान्ने, अह्राएको काम खुरुखुरु गर्ने, जीद्दी नगर्ने, हुँदा पनि केटा मान्छेले रित्तो महशुष गर्दो रहेछ ।

अनि कहाँ बसुलाँ भनेर आएको त । तिमी त्यति टाढा बाट मलाई भेट्न आएको छौ, मैले कोठामा पनि लगिन भने त तिमी माथि अन्यानै भै हाल्यो नी उ जीस्कीई । ट्याक्सीमा उसको चावहिलमा रहेको कोठामा पुगें । सिङ्गै फ्याट लिएर बसेकी रहिछ । फ्ल्याटको सजावट हेर्दा हुनेखाने परिवारकी छोरी रहिछे भन्ने लाग्यो । आफुले कलेज पढ्दा एउटा कोठा लिएर स्टोपमै खाना बनाएर खाएको दिन सम्झें । खना खायौं, उसको जीस्कने बानी, चन्चले स्वभाब, बैंसालु यौवन सबै मेरो अगाडी थियो । तिमी एकछिन सुत म कपडा धुन्छु भनि उसले । रातभरीको अनिदो थिएं, उसको बेडमा निदाएं । २ बजे उसले उठाएर भनि अव राति सुत मेरो सपिङ गर्नु छ, सिटी सेन्टर जाउँ । हामी कमलपोखरी स्थीत सिटी सेन्टर पुग्यौं, उसले चाहिएजती सामान किनी, १५ हजारको बिल भएछ, मैले नै तिरिदीएं ।मुभी हेरेर फर्कने सल्लाह भयो, फिल्म सकेर राती फर्कीयौं हामी । बाहिरै खाना खाएर जाने भन्न थाली उसले, क्यान्डील नाईट डिनरको उसको रोमाञ्चकतामा मैले साथ दिएं ।

कोठामा फर्कीए पछि उ पल भरको लागि म संग छुट्न नचाहेझै टांस्सीरहि । ममा फेरी एउटा बैसको दिन फर्कीएको थियो । उसले मलाई गरेको मायामा एक तमासको भएको थिएं । आजै भेटेकी युवती मलाई जन्मौं पुरानी प्रेमीका लाग्दैथिई । हामी एउटै ओछ्यानमा थियौं, मैले एक पटक पनि आफ्नो ५ बर्षको छोरा र शुशिल श्रीमतीलाई सम्झीईन । पश्चतापको त कुरै थिएन म सन्ध्यालाई माया गर्थे ।समर्पणकै कुरा गर्ने हो भने म एउटा बिबाहितले के त्यागें होला र जबकी एउटा अन्जान ब्यक्तीको अंगालोमा बिश्वासको भरमै आफुलाई हराईदीई उसले । यो मन, तन र जीवनमा तिम्रो पुरापुर अधिकार छ समीर उसले बढो भावुक भएर भनेकी थिई ।

बिहान उठ्नासाथ उसले आज नगरकोट घुम्न जाने भन्न थाली । मलाई यो शहरमा कसैले नचिन्ने हुँदाँ स्वतन्त्र पंक्षी भएको थिएं । १० बजे नगरकोटको लागी निस्कीयौं । दिनभरी घुमेर बेलुका त्यहींको रिसोर्टमा बसेउँ । म सन्ध्या जस्तै श्रीमती चाहन्थें तर समयले मलाई बेग्लै श्रीमती जुराएको थियो । भोलीपल्ट बिहान १० बजे घरबाट आमाले फोन गर्नुभयो, छोरा लडेर निदारमा ५ वटा टाँका लगाएको छ , हस्पीटलमा राखेको छ भन्ने खवरले घर जानु पर्ने भयो । नगरकोटको रिसोर्टको बिल बुझाएर हामी फर्कीयौं । म छोराकोे निदारमा टाँका लगाउनु परेको कुराले तनावमा थिएं, सन्ध्या म आज फर्कदै छु भन्ने कुराले उदास थिई । बाटोमा सामान्य कुरा मात्र भयो । सिधै नयाँ बसपार्क गएर रात्रीबसको टीकेट लिएं ।

उसले आँखा भरी आँसु पारेर भनी तिम्रो नामको सिन्दुर त दिन्छौ दिंदैनौ । मलाई तिम्रो नामको औंठी लगाईदेउ । उल्झन थपियो अर्को, पैसा कम थियो, बैंक खोजेर २० हजार झिकें र उसको ईच्छा अनुसारको औठी किनीदिएं र लगाईदीएं । उदास आँखाले बिदा गरि मलाई सन्ध्याले । छोरालाई घरमा ल्याई सकेको थाहा पाएपछि सिधै घर पुगें । अफिसको काम छ भनेर सन्ध्यालाई भेट्न पुगेको थिएं । सोझी श्रीमतीले म पुग्नासाथ स्पस्टीकरण दिई, हजुर कामले काठमाडौं गएकाले मैले आमालाई बाबु लडेको कुरा नभन्ने भन्दै थिएं, आमाले मान्नु भएन ।

मनमनै खुशी भएं स्पस्टीकण त मैले दिनु पर्ने तर तक्दीर बलियो मेरो । दिन फेरी सामन्य हुन थाल्यो उहि अफिस, यहि घर ,उहि दिनचर्या । फेरीएको थियो त सन्ध्या संग कुरा गर्ने तरिका । त्यो २ रात उ संगै बसेपछि मलाई उ संग खुलेरै बोल्न मिल्ने वातावरण बनेको थियो । उसका म्यासेज कैले आउँछौ र तिम्रो याद आउँछ साह्रै भन्ने शब्दले नै भरिन्थे । एक दिन उसले दिउँसो फोन गरि र रुन्चे स्वरमा भनि समीर मेरो ममीको किड्नीमा स्टोन छ मैले यो कुरा तिमीलाई भनेको थिईन । के गर्ने गर्ने भएको छु आत्तीएर । मलाई यो कुराले नराम्रो लाग्यो नआत्तीउ केही उपाए लाग्छ भन्दै थिएं उसले मेरो कुरा पुरा नहुँदै भनि भएको पैसा ममीको उपचारमै खर्च भएको छ, भन्दा भन्दै ऋण पनि पाईएन । प्लीज हेल्प गरन म तिमीलाई तिर्छु ।

अन्य समाचार दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको
*

कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएरबङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसं

बिजुलि निकाल्ने बिध्या छैन; हामी त्यसैले गरीब छौ। हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशीमुन्द्रा तान्नसक्ने कला छैन; हामी त्यसैले गरिब छौ।सधै भुइचालो गैरहने, र समुन्द्री तुफानहरुले सताइ राख्ने भुमिलाई जापनिजहरु ले, एक उदाहरणीय देशको रुपमा चिनाए। हामी जहिले पनि देशको भुपरिबेष्ठितालाई दोष दिदै उम्कन खोज्छौ। यथार्थमा हामीलाई कंगाल बनाउने हाम्रो आफ्नो अप्रगतिशील समाजिक संरचनाहो, हाम्रो आफ्नो
*

गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील बिचारधारा हो। हाम्रो भोतिक कंगालपन हाम्रो बैचारिक कंगालपनको प्रतिबिम्ब मात्र हो।हामी यति कंगाल छौ कि आफ्ना पुर्बजहरुले कमाईदिएको अमुल्य मणिलाई, नचिनेर ढुङगा सरह ठान्छौ। त्यसको ज्वलन्त उधाहरण हो “दशा”। गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आजभन्दा २५०० बर्ष अघी, यस धर्तीका एक महापुत्रले संसारलाई दुख बिनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्ध का बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्। ईमे दुख्ख निरोध गामीनी पतिपदा।यो दुखलाई जरैबाट उखेल्ने बाटो हो।

सब्बथ संबरो भिक्खु सब्ब दुख्ख पमुच्चति।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।दुख के हो जान्नु, दुखको उत्पति जान्नु, दुखको बिनास जान्नु, र दुख बिनास गर्ने बिध्या जान्नु।शिद्दार्थ गोतम जीबनका दुखलाई देखेर ती दुखबाट छुटकारा पाउने बिध्या खोज्न हिडेका थिय। छ बर्षको खोजि पछि उहांले दुख नास गरने बाटो पत्ता लगाएको ऐलान गर्नु भयो र त्यो बाटोमा हिड्न सिकाउदै हिड्नु भयो। आज आफुलाइ बिद्वान मान्दै हिड्नेहरु, बिषयको जानकारी बिना प्रतिकृया दिन मन पराउछन्, तर बुद्धको मातृभुमिमा उहांको शिक्षाको बारेमा जान्ने मान्छेहरु नगन्य मात्रामा छन।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds