Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त नगरपालिका वडा नम्बर -१० मा ६ महिने कटाई-सिलाई तालिम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३२, २०८३
भीमदत्त नगरपालिका वडा नम्बर -१० मा ६ महिने कटाई-सिलाई तालिम सम्पन्न
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० मा ६ महिनासम्म सञ्चालन भएको व्यावसायिक कटाई-सिलाई तालिम सम्पन्न भएको छ। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगर र भीमदत्त नगरपालिका वडा नम्बर १० को संयुक्त सहकार्यमा सञ्चालित ७३० कार्यघण्टाको उक्त तालिम सफलतापूर्वक पूरा गरेका १८ जना महिलालाई एक कार्यक्रमका बीच प्रमाणपत्र र नगद प्रोत्साहन रकम वितरण गरिएको छ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि एवम् भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बमले ६ महिने कटाई–सिलाई तालिम सफलतापूर्वक सम्पन्न गर्ने वडा नम्बर १० नगरपालिकाकै पहिलो वडा बनेको भन्दै खुसी व्यक्त गरे। यस्ता सीपमूलक र व्यावसायिक तालिमहरूले महिलाहरूको स्वरोजगार, आयआर्जन र उद्यमशीलता विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

वडा अध्यक्ष महेश चन्दले तालिमबाट प्राप्त सीपलाई केवल प्रमाणपत्रमा मात्र सीमित नराखी व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। सिकेको सीपलाई व्यावसायिक रूप दिँदै आफ्नै खुट्टामा उभिन र आत्मनिर्भर बन्न उनले सहभागी महिलाहरूलाई प्रोत्साहन गर्नुभयो।

तालिम प्रशिक्षक कुशुम भट्टले सुरुवाती चरणमा २५ देखि ३० जना महिला सहभागी भए पनि नियमित रूपमा ६ महिनाको पूरा अवधि (७३० घण्टा) कटाई-सिलाई सिक्ने १८ जनालाई हाजिरीका आधारमा नगद प्रोत्साहन रकम र प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो। यो तालिमबाट सहभागीहरूले व्यावसायिक रूपमा बजारमा प्रतिस्पर्धा गर्न सक्ने सीप हासिल गरेकाले उनीहरूको पारिवारिक आयआर्जन र स्वरोजगारमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। वडा सचिव गगन नाथले सञ्चालन गरेको समापन कार्यक्रममा स्थानीय, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन
देश/राष्ट्रिय

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

कार्तिक ४, २०८३
सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

कार्तिक ८, २०८३
दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

कार्तिक ८, २०८३
‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

कार्तिक ८, २०८३
नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड

नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड

कार्तिक ८, २०८३
आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

कार्तिक ८, २०८३
बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

कार्तिक ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व