Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लोकभजन चुड्का अध्यात्मिक चेतना र सामाजिक सद्भावको प्रतीक : प्रदेश प्रमुख

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २१, २०८३
लोकभजन चुड्का अध्यात्मिक चेतना र सामाजिक सद्भावको प्रतीक : प्रदेश प्रमुख
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

पोखरा —  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकभजन चुड्का नेपालको अमूल्य सांस्कृतिक सम्पदामध्ये एक रहेको उल्लेख गर्दै यसले अध्यात्मिक चेतना, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको प्रतिनिधित्व गर्ने बताउनुभएको छ।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले हिमाल, पहाड र तराईका विभिन्न समुदायले सिर्जना गरेका लोकगीत, लोकभजन, लोकनृत्य, भाषा, साहित्य, कला र संस्कारले नेपालको राष्ट्रिय जीवनलाई समृद्ध बनाएको बताउनुभयो।

प्रदेश प्रमुख भट्टले नेपालको मौलिक पहिचान सांस्कृतिक विविधतामा आधारित रहेको उल्लेख गर्दै भजन चुड्कामा रहेको ऊर्जा, सङ्गीतको गहिराइ र अनुशासन विश्वका अन्य सङ्गीतभन्दा विशिष्ट रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले भजन चुड्का केवल भक्तिगान नभई सत्य, करुणा, नैतिकता, सहिष्णुता, अनुशासन, सामाजिक एकता र मानव सेवाको सन्देश प्रवाह गर्ने माध्यम भएको बताउनुभयो। गाउँघरका मन्दिर, भजनमण्डली र सामुदायिक जमघटमा पुस्तौंदेखि गुञ्जिँदै आएको यो परम्पराले नेपाली समाजलाई एकसूत्रमा बाँध्ने महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ।

गण्डकी प्रदेश प्राकृतिकसँगै सांस्कृतिक रूपमा पनि अत्यन्त धनी रहेको उल्लेख गर्दै उहाँले खैंजडीको ताल, मुजुराको झङ्कार र लोकभजनको सुगन्ध मिसिएको यस प्रदेशलाई लोक संस्कृति र भजनको उद्गमस्थलका रूपमा चित्रण गर्नुभयो।

आधुनिक प्रविधि, विश्वव्यापीकरण र बदलिँदो जीवनशैलीका कारण परम्परागत कला–संस्कृतिमाथि चुनौती बढ्दै गएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले लोकभजन चुड्काजस्ता मौलिक सम्पदाको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो।

कार्यक्रममा उहाँले भजन चुड्का प्रस्तुत गरेका ७ वर्ष र १२ वर्षका दुई बालकलाई नगद पुरस्कार प्रदान गर्दै उनीहरूलाई प्रोत्साहन गर्नुभएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

गलैनाथ स्वामीको पुण्यभूमिमा भाद्र १ गतेदेखि सप्ताह ज्ञान महायज्ञ
कला/संस्कृति

गलैनाथ स्वामीको पुण्यभूमिमा भाद्र १ गतेदेखि सप्ताह ज्ञान महायज्ञ

भदौ ५, २०८३
भाषा, साहित्य र संस्कृतिको संरक्षण सबैको साझा दायित्व : सभामुख अर्याल
कला/संस्कृति

भाषा, साहित्य र संस्कृतिको संरक्षण सबैको साझा दायित्व : सभामुख अर्याल

असार २९, २०८३
देशभर विविध कार्यक्रमका साथ मनाइँदै आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती
कला/संस्कृति

देशभर विविध कार्यक्रमका साथ मनाइँदै आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती

असार २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोट–६ को सिद्धनाथ माविमा अक्षयकोष, शिक्षामा नयाँ पहल

वेदकोट–६ को सिद्धनाथ माविमा अक्षयकोष, शिक्षामा नयाँ पहल

भदौ ६, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलद्वारा जिल्लामै पहिलोपटक कृषि हाटबजार मेला आयोजना

महाकाली मोडर्न पब्लिक स्कुलद्वारा जिल्लामै पहिलोपटक कृषि हाटबजार मेला आयोजना

भदौ ६, २०८३
सभापति थापालाई दीपक खड्काको सुझाव, राजनीति गर्न देउवाबाट सिक्नुहोस्

सभापति थापालाई दीपक खड्काको सुझाव, राजनीति गर्न देउवाबाट सिक्नुहोस्

भदौ ६, २०८३
प्रधानन्यायाधीश शर्माले भनेः छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ

प्रधानन्यायाधीश शर्माले भनेः छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ

भदौ ६, २०८३
विपद् जोखिम न्यूनीकरणका असल अभ्यास सिक्दै बालबालिका र शिक्षक

विपद् जोखिम न्यूनीकरणका असल अभ्यास सिक्दै बालबालिका र शिक्षक

भदौ ६, २०८३
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने तयारी तीव्र, निर्वाचन आयोगले दुई समिति गठन गर्‍यो

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने तयारी तीव्र, निर्वाचन आयोगले दुई समिति गठन गर्‍यो

भदौ ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व