काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदैछ। तिथिको घटबढका कारण बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
कुकुर तिहारका अवसरमा बिहान कुकुरलाई माला र टीका लगाई मीठा परिकार खुवाएर पूजा गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूतका रूपमा पूजा गरिन्छ। घरको सुरक्षा गर्ने र मानिसप्रति बफादार रहने भएकाले पनि कुकुरको विशेष सम्मान गरिन्छ।
त्यस्तै, आज साँझ धन, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ। यस अवसरमा घरआँगन सफा गरी दीप प्रज्वलन, फूलमाला र रंगोलीले सजाउने चलन छ।
घरमा उज्यालो पारेर लक्ष्मीको स्वागत गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ।










Discussion about this post