Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल मेडिकल कलेजमा ८० वर्षीय वृद्धको सफल एन्जियोप्लास्टी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २७, २०८३
नेपाल मेडिकल कलेजमा ८० वर्षीय वृद्धको सफल एन्जियोप्लास्टी
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

नेपाल मेडिकल कलेजमा ८० वर्षीय एक वृद्धको मुटुको रक्तनलीको अवरोध सफलतापूर्वक हटाइएको छ। मुटुरोग विशेषज्ञ डा. सूर्यराज पाठकको नेतृत्वमा रहेको टोलीले काजी शेर्पाको एन्जियोप्लास्टी सफलतापूर्वक सम्पन्न गरेको हो।

उच्च रक्तचाप र अत्यधिक छाती दुखाइका कारण गम्भीर अवस्थामा पुगेका शेर्पालाई बुधबार परिवारले नेपाल मेडिकल कलेजको आकस्मिक कक्षमा उपचारका लागि ल्याएका थिए। अस्पताल पुग्दा उनको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सकहरूले बताएका छन्।

मुटुरोग विभाग प्रमुख डा. पाठकका अनुसार बिरामीको मुटुका दुईवटा मुख्य रक्तनली बन्द भएको अवस्थामा फेला परेको थियो। तत्काल एन्जियोप्लास्टी गरी रक्तनली खुलाइएपछि उनको ज्यान जोगाउन सफल भएको उनले बताए।

“उहाँलाई विगत १० वर्षदेखि उच्च रक्तचापको समस्या रहेछ। धुम्रपान गर्ने बानीका कारण पनि मुटुसम्बन्धी समस्या बढेको देखियो। अस्पताल ल्याउँदा अवस्था निकै जटिल भइसकेको थियो। परीक्षणका क्रममा मुटुका दुईवटा रक्तनली बन्द भएको पाइएपछि तत्काल उपचार प्रक्रिया अघि बढायौं,” डा. पाठकले भने।

नेपाल मेडिकल कलेजमा अत्याधुनिक क्याथ ल्याब सञ्चालनमा आएपछि मुटुरोग उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ। पछिल्लो तीन महिनामा मात्रै करिब ५० जनाको एन्जियोप्लास्टी गरिएको छ।

क्याथ ल्याब सञ्चालनमा आउनुअघि मुटुरोगीलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने अवस्था रहेको थियो। अहिले भने हर्ट अट्याकसहित मुटुसम्बन्धी विभिन्न समस्याका बिरामीले सोही अस्पतालमा सहज र छिटो उपचार सेवा पाउन थालेका छन्।

कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनका अनुसार स्वास्थ्य सेवामा नवीनतम प्रविधि र उपचार पद्धति भित्र्याउँदै गुणस्तरीय तथा सर्वसुलभ सेवा प्रदान गर्ने लक्ष्यअनुसार अस्पतालले सेवा विस्तार गरिरहेको छ। हाल अस्पतालमा अत्याधुनिक क्याथ ल्याबसँगै फिलिप्स कम्पनीको १२८ स्लाइस सिटी स्क्यान र १.५ टेस्ला एमआरआई सेवा पनि सञ्चालनमा रहेको छ।

अस्पतालका अनुसार यी सेवाका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट समेत बिरामी उपचारका लागि आउने क्रम बढिरहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा सामुदायिक वन दिवसमा वृक्षारोपण

कञ्चनपुरमा सामुदायिक वन दिवसमा वृक्षारोपण

साउन २५, २०८३
प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

साउन २५, २०८३
ढल्केबरको ट्रमा सेन्टर योजना यथावत् छ : मन्त्री मेहता

ढल्केबरको ट्रमा सेन्टर योजना यथावत् छ : मन्त्री मेहता

साउन २५, २०८३
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरूको माग

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरूको माग

साउन २५, २०८३
सङ्घ, प्रदेश र पालिकाबीचको वित्तीय समन्वय सुदृढ बनाउने सरकारको योजना

सरकार–निजी क्षेत्र बलियो साझेदारी आवश्यक : अर्थमन्त्री वाग्ले

साउन २५, २०८३
प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध

प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध

साउन २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व