कञ्चनपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आगामी १७ औँ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदका लागि डम्बर राज पन्तले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। यातायात क्षेत्रमा लामो अनुभव संगाल्नुभएका पन्तले व्यवसायीहरूको हक, हित र सम्मानका लागि आफूले उम्मेदवारी दिएको बताउनुभएको हो।
महाधिवेशनको सरगर्मी बढिरहँदा उपाध्यक्षका बलिया दाबेदार मानिनुभएका पन्तले यातायात क्षेत्रका विद्यमान समस्या समाधान र व्यवसायीको लगानी सुरक्षालाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउनुभएको छ। उहाँले देशभरका यातायात व्यवसायीहरूलाई मर्यादित र सम्मानित बनाउन नीतिगत तहमा सशक्त पैरवी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
नेपाल यातायात मजदुर संघ कञ्चनपुरका सचिव रमेश ठगुन्नाले पन्तको उम्मेदवारीका बारेमा जानकारी दिँदै उहाँको जित सुनिश्चित रहेको बताउनुभयो। सचिव ठगुन्नाले डम्बर राज पन्त यातायात क्षेत्रको सुधारका लागि स्पष्ट भिजन भएको र व्यवसायीका पक्षमा निडर भई उभिने नेतृत्व भएको उल्लेख गर्दै उहाँलाई अत्यधिक बहुमतले जिताउन देशभरका प्रतिनिधिहरूसँग अपिल गर्नुभएको छ।









Discussion about this post