Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आहा ! मेरो बालापन…

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ७, २०८२
आहा ! मेरो बालापन…
0
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

आहा! मेरो बालापन—कति रमाइलो अनि कति यादगार थियो त्यो समय । मेरो जन्म दार्चुला जिल्लाको तत्कालीन ग्वानी गाउँ विकास समिति, वडा नं. १ मिलमिलीमा भएको हो । सात वर्षको उमेरमा पहाडबाट तराई, कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित भीमदत्त नगरपालिका–१ बाराकुण्डामा बसाइँ सरेका थियौँ ।

मेरो अक्षरारम्भ जन्मथलो मै रहेको श्री मालिकार्जुन मावि, मिलमिलीबाट भएको थियो । त्यसपछि यहाँ बेदकोट–८ गैनदी स्थित श्री बैजनाथ माविमा दुई कक्षा सम्म अध्ययन गरेँ पछि भीमदत्त–३ तिलकपुरको श्री बैजनाथ मावि, नयाँ तिलकपुरमा सात कक्षा सम्म पढ्ने अवसर पाएँ । यही परिवेशमा मेरो सम्पूर्ण बालापन बित्यो ।

आज त्यो समय सम्झिँदा मन फेरि त्यही बालापनमा फर्किन चाहन्छ । कति आनन्दित हुन्थेँ होला, यदि त्यो समय फेरि फर्केर आइदिएको भए । तर त्यो केवल सम्झनामा मात्र सीमित रहने यथार्थलाई पनि मनन गर्छु ।

स्कुलका दिनहरू र साथीहरू सँग बिताएका क्षणहरू झलझली सम्झना आउँछन् । सानो छँदा आमाको हातको बासी ढुल्लोबाट बनेको मोटो रोटी, कहिले घ्यू लगाएको रोटी, भुटेको मकै, चना, भटमास, गुड र मिश्री—यी सबै हाम्रो टिफिन हुन्थे । अन्तराल (टिफिन टाइम) मा साथीहरूसँग बाँडेर खाने त्यो आनन्द आज कहाँ पाइन्छ र ?

घर फर्कँदा बाटोमा पाइने किमु, अशेलु, जामुन, बयर, तिम्ला, अम्बा, बेल, भुईकाफल, पिपली, इम्ली जस्ता सिजनल फलफूल टिप्दै खाने दिनहरू अझै पनि मनमा ताजा छन् । ती प्राकृतिक, पोषिला खानेकुरा आजकाल भने बिस्तारै हराउँदै गएका छन—सायद जलवायु परिवर्तन र बढ्दो जनसंख्याका कारण हुन सक्छन ।

त्यतिबेला स्कुलमा पानीको अभाव हुन्थ्यो । हामी नजिकैको विष्णु मन्दिरको कुवाबाट पानी पिउन जान्थ्यौँ । मन्दिर सरसफाई र फूल रोप्ने काममा सहयोग गर्दा पुजारीले दिने पानी–मिश्रीले हामीलाई कति खुशी बनाउँथ्यो !

हरेक शनिबार साथीहरूसँग मिलेर नजिकैको जंगलबाट दाउरा लिन जान्थ्यौँ । बिदाको समयमा तिलकपुर–बाराकुण्डा र गाउँजी खोलामा कबड्डी, क्रिकेट, भलिबल, फुटबल, चोर–पुलिस, बालुवामा घर बनाउने, पौडी खेल्ने, माछा मार्ने जस्ता खेलहरू खेल्दै दिन बित्थ्यो ।

बाबाले पढ्न बस्न भन्नुहुन्थ्यो, तर म भने साथीहरूसँग खेल्न भाग्थेँ । कहिलेकाहीँ ढिलो हुँदा बाबा खोज्न आउनुहुन्थ्यो । उहाँको चिन्ता केवल मेरो पढाइ बिग्रिन्छ कि भन्ने मात्र थियो । तर आजका अभिभावकहरूलाई आफ्ना छोराछोरी गलत संगत, झगडा वा लागुऔषधतिर लाग्लान् कि भन्ने चिन्ताले सताइरहेको छ ।

त्यो समय कति निष्कलंक, कति शुद्ध थियो ! आज समाजमा देखिने विकृति र अनैतिक क्रियाकलापहरू हाम्रो बाल्यकालमा थिएनन् ।

त्यसैले कहिलेकाहीँ मनले भन्छ— “आहा ! हाम्रो त्यो बालापन… कति सुन्दर थियो !”

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व