Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको सिद्धनाथ मन्दिरमा ‘कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव २०८२’ आयोजना हुने

प्रकाश भट्ट by प्रकाश भट्ट
२०८२ श्रावण ११, आईतवार १८:५०
कञ्चनपुरको सिद्धनाथ मन्दिरमा ‘कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव २०८२’ आयोजना हुने
0
SHARES
153
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर -८ तिलाचौरमा रहेको प्रसिद्ध सिद्धनाथ मन्दिरमा ‘कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव २०८२’ आयोजना गरिने भएको छ।

मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने र सुविधासम्पन्न सत्संग हल निर्माण गर्ने मुख्य उद्देश्यका साथ यो महोत्सवको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोरख पुजाराले जानकारी दिनुभयो। यो दिव्य धरामा धार्मिक महामहोत्सवको आयोजना गरी प्रत्येक व्यक्तिलाई भक्तिमार्गमा सिञ्चित गर्न र शास्त्रीय महत्त्वबारे जानकारी गराउने पनि महोत्सवको लक्ष्य रहेको उहाँले बताउनुभयो।

असोज २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने यस हरिहर अमृत वर्षा एवं धार्मिक महामहोत्सवमा विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरू समावेश गरिनेछन्। यसमा कथा प्रवचन, राष्ट्रिय कलाकारहरूबाट भजन-कीर्तन, लक्ष्यवर्ती प्रज्ज्वलन, भूमिदान, शान्तिकलश पूजन, महालक्ष्मी यन्त्रको पूजा र शोभायात्रा जस्ता कार्यक्रमहरू रहनेछन्।

अध्यक्ष पुजाराले यस्तो शक्ति धाममा उपस्थित भई मनशुद्धि, तनशुद्धि र धनशुद्धिको लाभ लिन सबैलाई आग्रह गर्नुभएको छ।

महोत्सवलाई सफल बनाउन ५१०० सदस्यीय विशाल मूल आयोजक समिति गठन गरिने भएको छ। कञ्चनपुर जिल्लाका सम्पूर्ण कार्यालय प्रमुखहरूलाई संरक्षक, ज्येष्ठ नागरिकहरूलाई सल्लाहकार तथा जिल्लाका विशेष तह र तप्कामा रहेका गण्यमान्य, लब्धप्रतिष्ठित समाजसेवी, बुद्धिजीवी, धर्मानुरागी, शिक्षाप्रेमी र राष्ट्रप्रेमी महानुभावहरूलाई विशेष भूमिकामा मनोनित गरिने आयोजकले जनाएको छ।

महोत्सवको तयारीका क्रममा आइतबार मन्दिर परिसरमा सचिवालय भवनको उद्घाटन गरिएको छ। भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख नीलम लेखक जोशीले सो भवनको उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख जोशीले यस धार्मिक कार्यमा नगरपालिकाबाट सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

राष्ट्रिय शैक्षिक अभियन्ता ईश्वर शरण महाराजले सुदूरपश्चिममै पहिलोपटक ५१०० सदस्यीय विशाल मूल आयोजक समिति रहेको बताउँदै यस महोत्सवले यस क्षेत्रको धार्मिक पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले राष्ट्र जोगाउन धर्म, संस्कार र संस्कृति अपरिहार्य रहेको भन्दै सबैलाई आ-आफ्नो ठाउँबाट लाग्न आग्रह गर्नुभयो।

आयोजकका अनुसार ‘कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव २०८२’ मा राष्ट्रिय शैक्षिक अभियन्ता ईश्वर शरण महाराजले नै प्रवचन दिनुहुनेछ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

थर्ड आई करियर डेभलपमेन्ट सेन्टरद्वारा परीक्षार्थीहरूको विदाई
कन्चनपुर

थर्ड आई करियर डेभलपमेन्ट सेन्टरद्वारा परीक्षार्थीहरूको विदाई

२०८२ श्रावण ११, आईतवार १८:५०
महिलालाई स्वरोजगार बनाउन भीमदत्त-११ मा ब्युटिसियन तालिम
देश/राष्ट्रिय

महिलालाई स्वरोजगार बनाउन भीमदत्त-११ मा ब्युटिसियन तालिम

२०८२ श्रावण ११, आईतवार १८:५०
महेन्द्रनगरमा ‘थर्ड आई करियर डेभलपमेन्ट सेन्टर’ सञ्चालनमा, लोकसेवा तयारीका लागि अब काठमाडौँ जान नपर्ने
कन्चनपुर

महेन्द्रनगरमा ‘थर्ड आई करियर डेभलपमेन्ट सेन्टर’ सञ्चालनमा, लोकसेवा तयारीका लागि अब काठमाडौँ जान नपर्ने

२०८२ श्रावण ११, आईतवार १८:५०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अब सरकारी सूचना  सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने

अब सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म

२०८२ श्रावण ११, आईतवार १८:५०
नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

२०८२ श्रावण ११, आईतवार १८:५०
सुदूरपश्चिमका पहाडी क्षेत्रको थोरै ठाउँमा आज पानी पर्ने सम्भावना

आज पनि केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना

२०८२ श्रावण ११, आईतवार १८:५०
आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै

आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै

२०८२ श्रावण ११, आईतवार १८:५०
भीमदत्त नगरपालिकाकी १८ वर्षीया अनिता राउत एक सातादेखि बेपत्ता; खोजी गरिदिन परिवारको अपिल

भीमदत्त नगरपालिकाकी १८ वर्षीया अनिता राउत एक सातादेखि बेपत्ता; खोजी गरिदिन परिवारको अपिल

२०८२ श्रावण ११, आईतवार १८:५०
संसदमा बादलले बोलेको अभिव्यक्ति एमालेले सच्यायो, प्रधानमन्त्री वालेन्द्रलाई बधाई ज्ञापन

संसदमा बादलले बोलेको अभिव्यक्ति एमालेले सच्यायो, प्रधानमन्त्री वालेन्द्रलाई बधाई ज्ञापन

२०८२ श्रावण ११, आईतवार १८:५०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व