काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोलिदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार अभियानको उद्घाटन शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमार्फत गरिनेछ।
अभियानमा पार्टी संगठन विस्तार तथा सुदृढीकरण, सरकारका कामकारबाहीमाथि खबरदारी र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीमा जोड दिइनेछ।
पार्टीले पुस ११ गते वडा अधिवेशन र माघ १५ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। साथै, पार्टी संरचनामा युवाको सहभागिता बढाउने र ग्रेजोनको प्रतिवेदनबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग पनि अघि सारेको छ।










Discussion about this post