Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर । भक्तपुर नगरपालिकाले विदेशी पर्यटकबाट प्रवेश शुल्क लिन थालेको ३२ वर्षभन्दा बढी समय भएको छ। आर्थिक वर्ष २०५०/५१ देखि नगर प्रवेश गर्ने विदेशी पर्यटकसँग शुल्क लिन थालेको भक्तपुर नगरपालिकाको तथ्याङ्कअनुसार हालसम्म ५२ लाख ६५ हजार २६४ विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका छन्।

नगरपालिकाले सुरुवातमा गैरसार्क मुलुकका पर्यटकबाट मात्रै प्रवेश शुल्क उठाउने व्यवस्था गरेको थियो। विदेशी पर्यटकबाट नगर प्रवेश शुल्क लिन सुरु गर्ने नेपालकै पहिलो स्थानीय तह भक्तपुर नगरपालिका भएको बताइन्छ। त्यसपछि काठमाडौं, ललितपुरलगायतका स्थानीय तहले पनि विदेशी पर्यटकबाट प्रवेश शुल्क लिन थालेका थिए।

आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको तथ्याङ्कअनुसार चीनसहित सार्क मुलुकबाट १८ लाख ३७ हजार २१८ तथा गैरसार्क मुलुकबाट ३४ लाख २८ हजार ४६ पर्यटकले भक्तपुर भ्रमण गरेका छन्।

तीन दशकमा उतारचढाव

भक्तपुरको पर्यटनमा पछिल्ला तीन दशकमा विभिन्न उतारचढाव देखिएका छन्। आर्थिक वर्ष २०५०/५१ मा ८७ हजार ३४५ विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका थिए। त्यसपछिका वर्षमा पर्यटक आगमन क्रमशः बढ्दै गएको देखिन्छ।

आव २०५५/५६ मा एक लाख ९७ हजार ८०५ र २०५६/५७ मा एक लाख ९७ हजार ८८१ पर्यटक भक्तपुर पुगेका थिए। त्यसपछि केही वर्ष पर्यटक आगमन घटे पनि पुनः वृद्धि हुँदै गएको तथ्याङ्कले देखाउँछ।

पछिल्ला वर्षमा आव २०७८/७९ मा ५३ हजार ५६०, २०७९/८० मा एक लाख ६७ हजार ६५२, २०८०/८१ मा दुई लाख ४५ हजार ५९३, २०८१/८२ मा दुई लाख ४४ हजार ८६८ र २०८२/८३ मा दुई लाख २१ हजार ९७६ विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका छन्।

कोरोनाकालमा सबैभन्दा कम पर्यटक

कोरोना महामारीका कारण आर्थिक वर्ष २०७७/७८ भक्तपुरको पर्यटन इतिहासमै सबैभन्दा कमजोर वर्ष बन्यो। उक्त वर्ष जम्मा तीन हजार ११२ विदेशी पर्यटकले मात्रै भक्तपुर भ्रमण गरेका थिए।

त्यसमध्ये गैरसार्क मुलुकबाट एक हजार ३८३ र चीनसहित सार्क मुलुकबाट एक हजार ७२९ पर्यटक भक्तपुर पुगेका थिए।

२०७०/७१ मा सर्वाधिक पर्यटक

३२ वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७०/७१ मा भक्तपुरमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका थिए। उक्त वर्ष दुई लाख ९० हजार ८९१ विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका थिए।

नगरपालिकाको तथ्याङ्कअनुसार हालसम्म ४० भन्दा बढी मुलुकका नागरिकले भक्तपुर भ्रमण गरिसकेका छन्। अमेरिका, चीन, भारत, जापान, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, इटाली, स्पेन, दक्षिण कोरिया, क्यानडा, ब्राजिल, नेदरल्यान्ड्स, स्वीजरल्यान्ड, थाइल्यान्डलगायत मुलुकबाट पर्यटक भक्तपुर आएका छन्।

भारतीय पर्यटक सबैभन्दा धेरै

भक्तपुर पर्यटन सूचना तथा सेवा केन्द्रका अनुसार भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा बढी छ। त्यसपछि चिनियाँ पर्यटक रहेका छन्।

गत आर्थिक वर्षको तथ्याङ्कअनुसार भारतबाट ७० हजार ७११ पर्यटकले भक्तपुर भ्रमण गरेका थिए। त्यस्तै चीनबाट ३६ हजार ७८३, अमेरिकाबाट १३ हजार २११, जर्मनीबाट १० हजार ८०० र फ्रान्सबाट नौ हजार ९८० पर्यटक भक्तपुर पुगेका थिए।

यसैगरी इटालीबाट सात हजार ७३, जापानबाट छ हजार ७९६, स्पेनबाट पाँच हजार ३६२, बेलायतबाट छ हजार, ताइवानबाट चार हजार ९५०, अस्ट्रेलियाबाट चार हजार ९४६ र नेदरल्यान्ड्सबाट तीन हजार ७४२ पर्यटकले भक्तपुर भ्रमण गरेका थिए।

१४ स्थानबाट पर्यटक शुल्क संकलन

भक्तपुर नगरपालिकाले हाल नगर प्रवेश गर्ने विदेशी पर्यटकबाट १४ वटा स्थानमा शुल्क उठाउँदै आएको छ। खौमा, सानो व्यासी, ठूलो व्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाति, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल र भार्वाचोमा पर्यटक शुल्क संकलन केन्द्र सञ्चालनमा छन्।

नगरपालिकाका अनुसार थप एउटा काउन्टर निर्माण भइरहेको छ।

गैरसार्क पर्यटकको शुल्क दुई हजार

भक्तपुर नगरपालिकाले हाल गैरसार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ। प्रवेश शुल्क लिन सुरु गर्दा विसं २०५० साउन ६ गते प्रतिव्यक्ति ५० रुपैयाँ लिइन्थ्यो।

समयअनुसार शुल्क वृद्धि गर्दै २०५३ मा ३०० रुपैयाँ, २०५७ मा ३७५ रुपैयाँ, सोही वर्ष पुसदेखि ७५० रुपैयाँ, २०६७ मा एक हजार १०० रुपैयाँ, २०७० मा एक हजार ५०० रुपैयाँ र २०७९ मा एक हजार ८०० रुपैयाँ कायम गरिएको थियो। विसं २०८२ साउनदेखि गैरसार्क पर्यटकका लागि प्रवेश शुल्क दुई हजार रुपैयाँ पुर्‍याइएको हो।

चीनसहित सार्क मुलुकका पर्यटकबाट भने विसं २०५४ पुस १७ गतेदेखि प्रवेश शुल्क लिन थालिएको हो। सुरुमा प्रतिव्यक्ति तीन रुपैयाँ शुल्क लिइन्थ्यो। त्यसपछि २०५७ मा ५० रुपैयाँ, २०६७ मा १०० रुपैयाँ र २०७१ साउनदेखि ५०० रुपैयाँ कायम गरिएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ।

छ भाषामा पर्यटन सामग्री

नगरपालिकाले पर्यटकलाई टिकटसँगै भक्तपुरका सम्पदा तथा पर्यटकीय क्षेत्रबारे जानकारी दिने ब्रोसर उपलब्ध गराउँदै आएको छ। पर्यटकको सहजताका लागि अमेरिका, चीन, जर्मनी, जापान, फ्रान्स र स्पेनका पर्यटकलाई लक्षित गरी छ वटा भाषामा नक्सासहितको पर्यटन सामग्री प्रकाशन गरिएको छ।

नगरपालिकाले पछिल्लो समय विभिन्न स्थानमा मेटलका क्युआर कोडसमेत राखेर पर्यटकले डिजिटल माध्यमबाट आवश्यक सूचना प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ।

पर्यटक शुल्कबाट शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण

पर्यटक शुल्क भक्तपुर नगरपालिकाको आन्तरिक आम्दानीको महत्वपूर्ण स्रोतका रूपमा रहेको छ। नगरपालिकाका अनुसार यही आम्दानीबाट शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा संरक्षणलगायतका क्षेत्रमा काम हुँदै आएको छ।

भक्तपुर नगरपालिका पर्यटन सूचना तथा सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाका अनुसार पर्यटक भक्तपुरको विकासको महत्वपूर्ण आधार हुन्। पर्यटक शुल्कबाट नगरपालिकाले इन्जिनियरिङलगायत विभिन्न कलेज सञ्चालन गर्नुका साथै अस्पताल सञ्चालन, सरसफाइ र सम्पदा संरक्षणमा समेत लगानी गर्दै आएको छ।

नगरपालिकाले पर्यटकका लागि सुविधासम्पन्न सूचना केन्द्र, पर्यटक बसपार्क तथा पर्यटक शौचालय सञ्चालनमा ल्याएको छ। सूचना केन्द्रमा विभिन्न भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटर, शारीरिक रूपमा अशक्त पर्यटकका लागि ह्विलचेयर, लगेज राख्ने स्थान, मोबाइल चार्ज गर्ने सुविधा तथा विश्रामस्थलको व्यवस्था गरिएको छ।

स्थानीय पथप्रदर्शक परिचालन समितिमार्फत स्थानीय गाइडलाई पुनर्ताजगी तालिम तथा आवश्यक व्यवस्थापनसमेत गर्दै आएको नगरपालिकाले जनाएको छ।

विदेशीभन्दा आन्तरिक पर्यटक पाँच गुणा बढी

भक्तपुरमा विदेशी पर्यटकको तुलनामा आन्तरिक पर्यटकको संख्या करिब पाँच गुणा बढी रहेको अनुमान गरिएको छ।

विदेशी पर्यटकबाट शुल्क उठाउने मुख्य नाका खौमा प्रवेशद्वारमा दैनिक ठूलो संख्यामा स्वदेशी पर्यटक आउने गरेका छन्। त्यहाँ कार्यरत कर्मचारीका अनुसार सामान्य दिनमा मात्रै करिब पाँच हजारभन्दा बढी आन्तरिक पर्यटक भक्तपुर घुम्न आउने अनुमान छ।

शनिबार तथा अन्य सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटकको संख्या अझ बढ्ने गरेको छ। गाईजात्रालगायत विभिन्न जात्रा तथा पर्वका समयमा भक्तपुरमा आन्तरिक पर्यटकको चाप झनै बढ्ने गरेको बताइएको छ।

काठमाडौं उपत्यकासहित उपत्यकाबाहिरका विभिन्न विद्यालयले विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि भक्तपुर ल्याउने क्रमसमेत बढेको छ।

यसरी हेर्दा भक्तपुरको पर्यटन केवल विदेशी आगन्तुकमा सीमित नभई आन्तरिक पर्यटनको समेत महत्वपूर्ण गन्तव्यका रूपमा विस्तार हुँदै गएको देखिन्छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा
फ्ल्यास हेडिङ

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित
कृषि

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा
फ्ल्यास हेडिङ

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

भदौ २१, २०८३
बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

भदौ २१, २०८३
विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

भदौ २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व