महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भाँसीस्थित महाकाली मोडर्न पब्लिक स्कुलमा सुदूरपश्चिमको मौलिक पर्व गौरा विशेष कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले गौरा नाच, देउडालगायत विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूले गौरा पर्वको मौलिक संस्कृति, परम्परा र धार्मिक महत्व झल्काउने नृत्य तथा प्रस्तुतिमार्फत सुदूरपश्चिमको मौलिक पहिचान प्रस्तुत गरेका थिए।
विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, परम्परा तथा धार्मिक महत्वबारे जानकारी गराउनुका साथै मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँछ।
अध्ययनसँगै विद्यार्थीहरूलाई कला, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले विद्यालयले विभिन्न अवसरमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको प्रिन्सिपल भट्टले बताउनुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।










Discussion about this post