राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।
आइतबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै भट्टले नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धिदर करिब ४ प्रतिशत रहे पनि नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण केही वर्षमा ७ प्रतिशतसम्म पुगेको बताए।
उनले आर्थिक वृद्धिका लागि पुँजी निर्माण, दक्ष जनशक्ति, शिक्षा, स्वास्थ्य, सीप विकास र प्रविधिमा लगानी बढाउनुपर्ने बताए। बढ्दो वैदेशिक पलायनका कारण दक्ष जनशक्ति देशभित्रै टिकाउन चुनौती रहेको भन्दै मानव पुँजी निर्माणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
भट्टले नेपालको कुल कारक उत्पादकत्व करिब ०.२ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न प्रविधि, कार्यसंस्कृति, शिक्षा र संस्थागत संरचनामा सुधार आवश्यक रहेको बताए।
डिजिटलाइजेसन र आर्टिफिसियल इन्टेलिजेन्सबाट प्राप्त अवसरको अधिकतम उपयोग गर्दै नीतिगत सुधार, लगानी विस्तार, मानव पुँजी निर्माण र प्रविधिको प्रयोगलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।










Discussion about this post