राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।
ललितपुरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि विभिन्न स्थान र विमानस्थलको नाम परिवर्तन भए पनि सिंहदरबारको नाम यथावत रहेको भन्दै प्रश्न उठाए।
नेपालमा सिंह नै नपाइने उल्लेख गर्दै उनले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि प्रश्न गरे। नाम परिवर्तनसँगै सिंहदरबारको कार्यशैली, प्रवृत्ति र परम्परागत सोचमा समेत परिवर्तन आवश्यक रहेको उनको भनाइ छ।
ढकालले प्रशासनिक केन्द्रको ‘मुहान’मै सुधार गर्दै पुरानो सोच, भाषा र कार्यशैलीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए।










Discussion about this post